पोखरा, १५ पुस । विश्व हिन्दू महासंघ कास्कीको आयोजनामा गण्डकी प्रदेशस्तरीय दुई दिवसीय प्राज्ञिक भेला सम्पन्न भएको छ ।
दोस्रो दिनको कार्यक्रम उद्घाटन प्रमुख अतिथि मानव मिलनका संस्थापक नेपालकेशरी डा. मणिभद्र मुनिजी महाराजले गरेका थिए । उनले मानिसभित्रकै अस्वस्थ प्रतिष्पर्धाले धार्मिक आस्थामा आँच आएको बताए ।
उनले हाम्रा सांस्कृतिक र धार्मिक मठ मन्दिरबाट संकलित रकम खाली मन्दिरको सरसफाई वा निर्माणको बहानामा खर्च नगरी शिक्षा र स्वास्थ्यमा समेत लगानी गर्न सकेमा हिन्दू धर्मको संरक्षण गर्न सकिने बताए । उनले धर्म नास्तिकबाट नभइ धर्म ठेकेदारबाटै खतरामा परेको दाबी गरे । उनले धनलाई चोरबाट नभै चौकीदारबाट खतरा भएको संज्ञासमेत दिए ।
कार्यक्रममा डा निर्मलमणि अधिकारीले कार्यपत्र प्रस्तुत गरेका थिए । उनको कार्यपत्रमाथि डा. जगन्नाथ रेग्मीले टिप्पणी गरेका थिए ।
कार्यक्रम संयोजक विश्व हिन्दू महासंघका सल्लाहकार डा नारायण अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा संस्था जिल्ला अध्यक्ष शंकर खरालले कार्यक्रममाथि प्रकाश पारेका थिए ।
पहिलो दिन डा सुरेन्द्र केसीले कार्यपत्र प्रस्तुत गरेका थिए । उनको कार्यपत्रमाथि प्राडा दिलबहादुर क्षत्रीले टिप्पणी गरेका थिए ।
संस्थाका सचिव भानु भण्डारीको संचालन गरेको कार्यक्रममा स्वागत उपाध्यक्ष इन्दिरा कोइराला र धन्यवाद ज्ञापन उपाध्यक्ष पार्वती पौडेलले गरेकी थिइन् ।
भेलाले डा नारायणप्रसाद अधिकारीको संयोजकत्वमा १७ सदस्य रहने गरी प्राज्ञ समिति गठन गरेको छ ।
समितिमा प्राडा दिलबहादुर क्षत्री, प्राडा यमबहादुर पौडेल क्षत्री, डा ज्ञानबहादुर कार्की, डा जगन्नाथ रेग्मी, डा निर्मलमणि अधिकारी, माधव वियोयी, सरिता घिमिरे, इन्दिरा कोइराला, पं.पुण्यप्रसाद तिमिल्सिना, पं. नेत्रप्रसाद पराजुली, पूर्णचन्द्र वाग्ले, जगन्नाथ कोइराला, डा लक्ष्मी चापागाईं, डा कुलप्रसाद भण्डारी, अधिवक्ता भूपनिधि पन्त, यामबहादुर आलेमगर चयन भए ।
Related News
सम्बन्धित समाचार
काठमाडौं म्याराथनमा इनड्राइभको सहकार्य
तिब्बती शरणार्थीसँग त्रसित चीन
साढे २३ करोडमा सभागृह निर्माण
वात्स्यायनलाई पद्मश्री साधना सम्मान, मनुलाई पद्मश्री साहित्य पुरस्कार र सुरेशराज शर्मालाई पद्मश्री गौरव पुरस्कार
स्थानीयका कर्मचारी पनि आन्दोलित
hero news full width
मुख्य समाचार
मनिपाल घटनापछि प्रदेशभर ओपिडी सेवा ठप्प
१९ औं एसियाली खेलकुद : २२८ पदकको छिनोफानो, नेपाल पदकविहीन
असाेज १०, २०८०तनहुँमा डेंगु संक्रमणबाट ३ जनाको मृत्यु
असाेज ९, २०८०पोखरामा खटिए नयाँ नगर प्रहरी
असाेज ८, २०८०घान्द्रुक होटलका पायोनियर
असाेज ८, २०८०अध्ययन टोलीले बुझायो प्रतिवेदन : फर्किएला फिर्केको फेरो ?
असाेज ७, २०८०