विन्ध्यवासिनीले ७२ औं वार्षिकोत्सव मनाउँदै

आदर्श समाज सम्वाददाता
पौष १६, २०७५
Bindhyabasini MaVi

पोखरा, १५ पुस । पोखराको पुरानो विद्यालय विन्ध्यबासिनी मावि बाटुलेचौरले आफ्नो ७२ औं वार्षिकोत्सव विविध कार्यक्रम गरी मनाउने भएको छ ।

यही पुसको २७ गते हुने वार्षिकोत्सवको अवसरमा विद्यालयले पुस २२ गतेदेखि २७ गतेसम्म रक्तदान तथा वार्षिक खेलकुद कार्यक्रमको आयोजना गरेर मनाउन लागेको  प्रधानाध्यापक कृण्णप्रसाद आचार्यले जानकारी दिएका छन् ।

विद्यालयले २२ गते खुला रक्तदान कार्यक्रमका साथै २६ गतेसम्म खेलकुद र २७ गते मूल समारोहको आयोजना गरेको हो । मूल समारोहमा विद्यालयले भूपु विद्यार्थी एवं युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्मा, गण्डकी प्रदेशका सासंद कुमार खड्का, प्रभा कोईराला, पुष्पा केसी भण्डारीलाई सम्मान गर्ने जनाएको छ ।

सोही समारोहमा विद्यालयको मुखपत्र विन्ध्यबासिनी दर्पण अंक–२ को समेत विमोचन गरिने प्रचार संयोजक रामबहादुर बाँनियाले जानकारी दिए । त्यस्तै, मूल समारोहमा छात्रवृति वितरण, शैक्षिक तथा खेलकुद पुरस्कार वितरण र विज्ञान प्रर्दशनीसमेत गरिने बताइएको छ ।

वार्षिकोत्सवलाई व्यवस्थित गर्न विद्यालयले शिक्षक कर्मचारी संलग्न विभिन्न १३ वटा उपसमिति गठन गरेको छ । गठित उपसमितिले आफ्नो कार्यलाई तिब्रता दिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रा थापाले जानकारी दिए । विद्यालयले २२ गते आयोजना गरेको रक्तदान कार्यक्रममा सहभागी भइदिन आग्रह गरेको छ ।

Related News

सम्बन्धित समाचार

  • पोखरा १० का सामुदायिक विद्यालयलाई स्टे्सनरी सहयोग

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । पोखरा १० ले वडाभित्र रहेका सामुदायिक विद्यालयलाई स्टेसनरी सामग्री वितरण गरेको छ । वडाभित्र रहेको ३ वटा सामुदायिक…
  • भुजेल समाजको रक्तदान

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । भुजेल समाज जिल्ला समन्वय समिति कास्कीले नव वर्षको उपलक्ष्यमा शनिबार खुला रक्तदान आयोजना गरेको छ । नेपाल आदिवासी…
  • स्पोर्टस् अवार्डमा सहयोग प्रतिबद्धता

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । गण्डकी प्रदेशका खेल संघ तथा क्लबका प्रतिनिधिले आठौं पोखरा स्पोर्टस् अवार्ड सघाउन प्रतिबद्धता जनाएका छन् । सोमबार नेपाल…
  • हेमजामा नागरिक आरोग्य कार्यक्रम

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । पोखरा २५ हेमजामा वडाको स्वास्थ्य कार्यक्रमअन्तर्गतको नागरिक आरोग्य सुरु हुँदैछ । यसै सन्दर्भमा सोमबारदेखि प्रारम्भिक घरधुरी सर्वेक्षण सुरु…
  • ‘शक्ति र सत्तामा रहेकाको मात्रै इतिहास लेखिनुपर्छ भन्ने छैन’

    आदर्श समाज सम्वाददाता वैशाख १०, २०८१
    पोखरा । नेपाल आदिवासी जनजाति पत्रकार महासघं (फोनिज) का संघीय सल्लाहकार हुम तमुले इतिहास, दस्तावेज तथा सत्यतथ्यको आधारमा इतिहास लेखिनुपर्ने…

hero news full width