पोखरा, १५ पुस। दोस्रो लत्रेपीपल माझबिनी मेला–२०७५ सम्पन्न भएको छ।
लत्रेपीपल क्लबले शनिबार स्याङ्जाको पुतलीबजार नरपालिका–३ लत्रेपीपलमा आयोजना गरेको कार्यक्रममा दर्शकसँग कुनै शुल्क नलिएर मेला हेर्ने अवसर जुराइदिएको थियो।
स्याङ्जामा हुने विभिन्न मेलामध्ये टिकट विना गरिएको कार्यक्रम पहिलो भएको आयोजकको दावी रहेको छ।
मेलामा लोक तथा दोहोरी गायक पशुपति शर्मा, गायक रमेशराज भट्टाराई, राजन कार्की, घनश्याम रिजाल, सम्झना भण्डारी, तारा पौडेल श्रेष्ठ, लक्ष्मी नेपालीको प्रस्तुतिमा दर्शक नाचेका थिए।
सोही समारोहबीच, पत्रकार मनोज घर्तीमगर सम्मानित भएका छन्।
संस्थाले मगरलाई डेढ दशकदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील रहेर छुट्टै पहिचान बनाउन सफल भएको भन्दै सम्मान गरेको हो। नागरिक दैनिक र शुक्रवार साप्ताहिकमा कार्यरत घर्तीमगरलाई कार्यक्रमका प्रमुख अतिथि ढोरबाराही ज्वेलर्सका सञ्चालक बाबुराम सुनार, गोर्खा ब्रुअरीका सञ्चालक पृथ्वी थकाली र लत्रेपीपल क्लबका अध्यक्ष ध्रुव शर्माले सम्मान अर्पण गरेका थिए।
‘भर्तीको फन्दा’ किताब लेखिसकेका र सामाजिक विषयमा कलम चलाउँदै आएका घर्तिमगर पछिल्लो सयम कला साहित्य क्षेत्रसँग सम्बन्धित रहेर रिपोर्टिङ गर्दै आएका छन्।
क्लबका अध्यक्ष धु्रव शर्माले मुख्य प्रायोजक ढोरबाराही ज्वेलर्सका सञ्चालक बाबुराम सुनार र रामप्यारी सुनार, एभरेस्ट ब्रुअरीका सञ्चालक पृथ्वी थकाली, अन्य प्रयोजक कलाकारलाई सम्मान गरेको कोषाध्यक्ष मनोज मल्लले जानकारी दिए।
Related News
सम्बन्धित समाचार
पोखरा फोटोग्राफर संघमा भक्त
एकादशी महात्म्य प्रवचन
पलेसाको पोखरामा सम्मान
दलित पत्रकार संघ कास्कीमा सुरेश
गोरखालीको शिर झुकाउने काम गर्ने छैन: मुख्यमन्त्री
hero news full width
मुख्य समाचार
मदरल्याण्ड र विन्ध्यवासिनी उत्कृष्ट
पोखरा उद्योग वाणिज्य संघमा गोकर्ण निर्वाचित
भाद्र ३०, २०८१डिएलए कास्कीमा शर्मा
भाद्र २९, २०८१पोउवा संघमा २२५१ मत खस्यो, मतगणना आइतबारदेखि
भाद्र २९, २०८१पाल्पाली बहुउद्देश्यीय सहकारीको छैटौं साधारणसभा
भाद्र २९, २०८१‘सराङकोट धार्मिक पर्यटकीय गन्तव्य’
भाद्र २९, २०८१