लत्रेपीपल मेलामा पत्रकार सम्मानित

आदर्श समाज सम्वाददाता
पौष १६, २०७५
Manoj Gharti Magar Sammanit

पोखरा, १५ पुस। दोस्रो लत्रेपीपल माझबिनी मेला–२०७५ सम्पन्न भएको छ।

लत्रेपीपल क्लबले शनिबार स्याङ्जाको पुतलीबजार नरपालिका–३ लत्रेपीपलमा आयोजना गरेको कार्यक्रममा दर्शकसँग कुनै शुल्क नलिएर मेला हेर्ने अवसर जुराइदिएको थियो।

स्याङ्जामा हुने विभिन्न मेलामध्ये टिकट विना गरिएको कार्यक्रम पहिलो भएको आयोजकको दावी रहेको छ।

मेलामा लोक तथा दोहोरी गायक पशुपति शर्मा, गायक रमेशराज भट्टाराई, राजन कार्की, घनश्याम रिजाल, सम्झना भण्डारी, तारा पौडेल श्रेष्ठ, लक्ष्मी नेपालीको प्रस्तुतिमा दर्शक नाचेका थिए।

सोही समारोहबीच, पत्रकार मनोज घर्तीमगर सम्मानित भएका छन्।

संस्थाले मगरलाई डेढ दशकदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील रहेर छुट्टै पहिचान बनाउन सफल भएको भन्दै सम्मान गरेको हो। नागरिक दैनिक र शुक्रवार साप्ताहिकमा कार्यरत घर्तीमगरलाई कार्यक्रमका प्रमुख अतिथि ढोरबाराही ज्वेलर्सका सञ्चालक बाबुराम सुनार, गोर्खा ब्रुअरीका सञ्चालक पृथ्वी थकाली र लत्रेपीपल क्लबका अध्यक्ष ध्रुव शर्माले सम्मान अर्पण गरेका थिए।

‘भर्तीको फन्दा’ किताब लेखिसकेका र सामाजिक विषयमा कलम चलाउँदै आएका घर्तिमगर पछिल्लो सयम कला साहित्य क्षेत्रसँग सम्बन्धित रहेर रिपोर्टिङ गर्दै आएका छन्।

क्लबका अध्यक्ष धु्रव शर्माले मुख्य प्रायोजक ढोरबाराही ज्वेलर्सका सञ्चालक बाबुराम सुनार र रामप्यारी सुनार, एभरेस्ट ब्रुअरीका सञ्चालक पृथ्वी थकाली, अन्य प्रयोजक कलाकारलाई  सम्मान गरेको कोषाध्यक्ष मनोज मल्लले जानकारी दिए।

Related News

सम्बन्धित समाचार

  • अमरसिंह माविको ६८ औं वार्षिकोत्सव

    आदर्श समाज सम्वाददाता चैत्र १४, २०८०
    पोखरा । अमरसिंह माध्यमिक विद्यालय नमूना रहेको चर्चा गरिएको छ । पोखरा–१२, रामघाट स्थित विद्यालयको मंगलवार भएको ६८ औं वार्षिकोत्सव, अभिभावक…
  • लायन्स लेखनाथमा कृष्णप्रसाद

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०८०
    लेखनाथ । लायन्स क्लब अफ लेखनाथको २५ औं शाखा अधिवेशनले वर्ष २०२४/२५ का लागि कृष्णप्रसाद तिमिल्सेनालाई अध्यक्षका लागि चयन गरेको…
  • ‘ज्येष्ठ नागरिकलाई सम्मान गरौं’

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०८०
    पोखरा । ज्येष्ठ नागरिकलाई सम्मान गर्नुपर्नेमा जोड दिइएको छ । ज्येष्ठ नागरिक मञ्च पोखरा ८ तथा वडा कार्यालयको संयुक्त आयोजनामा…
  • फेवा महोत्सवमा ड्यामसाइडमा पनि विविध गतिविधि

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०८०
    पोखरा। १९ औं फेवा नव वर्ष महोत्सवलाई पर्यटकीय राजधानीको इज्जत धान्ने गरी नयाँपन प्रदान गर्न विभिन्न संघसंस्थाले सुझाव दिएका छन्…
  • ‘मादलको घिन्ताङ गुञ्जाउँछौं सराङकोट’

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०८०
    पोखरा । पोखरा–१८, सराङकोटका महिला दिदीबहिनीहरुले आफूहरु स्वावलम्बनको मार्गमा अघि बढिरहेको बताएका छन् । वडा कार्यालयको आयोजनामा भएको महिला सशक्तीकरण…

hero news full width