हेमजा, १५ पुस। अन्नपूर्ण–३, पाउँदुरस्थित धारापानी माध्यमिक विद्यालयले हिरक जयन्ती अवसरमा साविक धम्पुस गाविसमा रहेका माध्यमिक तहस्तरीय फुटबल प्रतियोगिता गरेको छ।
कुल १० विद्यालयको सहभागिता रहेको सेभेन ए साइड फुटबल प्रतियोगितामा आयोजक धारापानी माविले उपाधि जितेको छ । उसले मर्निङस्टार माविलाई शुक्रबार फाइनलमा १–० गोलअन्तरले पराजित पराजित गरेको हो । खेलमा सलन नेपालीको दोस्रो हाफमा भएको गोल नै निर्णयक भएको हो।
उपाधिसँगै धारापानीले १० हजार र उपविजेताले मर्निङस्टारले ७ हजार साथ ट्रफी, मेडल र प्रमाणपत्र पाए । मर्निङस्टारका स्वीकार गुरुङ सवोर्त्कृष्ट खेलाडी घोषित हुँद ट्रफी पाए।
प्रमुख अतिथि एनआरएन सदस्य राजकुमार गुरुङले प्रतियोगिताले विद्यार्थीलाई हौसला थपेको भन्दै आगामी वर्ष पनि खेललाई निरन्तरता दिनुपर्नेमा जोड दिए। विद्यालय व्यवस्थापन समिति अध्यक्ष भेषराज पौडेलले विद्यालयले वर्षभरि नै विविध कार्यक्रमका साथ हीरक जयन्ती मनाउन लागेको जानकारी दिए।
ढिकुरपोखरी युवा सञ्जाल अध्यक्ष सुशील भट्टचनले स्वास्थका लागि खेलकुद महत्वपूर्ण हुने औँल्याउँदै प्रतियोगिता सफलताका लागि संजालतर्फबाट ५ हजार रुपैयाँ सहयोग गर्ने जनाए। ‘इतिहासको गौरव वर्तमानको मान, हीरक जयन्ती धारापानीको पहिचान’ नाराका साथ यतिबेला विद्यालयले जयन्तीअन्तर्गत विभिन्न कार्यक्रम गरिरहेको छ।
खेलकुद उपसमिति संयोजक बलबहादुर गुरुङको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रधानाध्यापक महेन्द्रबहादुर कुँवरले स्वागत तथा शिक्षक नारायण पौडेल (नयन) ले संचालन गरेका थिए।
Related News
सम्बन्धित समाचार
युनिप्स खेल महोत्सव आज समापन
हिसान स्पोर्टस् मिट जारी
केपी ओली कप क्रिकेट : विभागीयलाई चुनौती दिएको मधेश च्याम्पियन
माछापुच्छ्रेमा राष्ट्रपति रनिङ सिल्ड सुरु
आइटिएफ जे–३० : डबल्सतर्फ सेमिफाइनलका खेल सम्पन्न
hero news full width
मुख्य समाचार
संसदमाथि सरकार हावी भयो : देवकोटा
कालिका सहकारीका सञ्चालक थप ७ दिन थुनामा
मंसिर १५, २०८०केपी ओली क्रिकेटमा मधेश प्रदेश च्याम्पियन
मंसिर १५, २०८०बालकृष्ण खाणलाई छाड्ने कि थुनामै राख्ने भन्ने विषयमा न्यायाधीशबीच राय बाझियो
मंसिर १५, २०८०गण्डकी प्रदेश प्रमुखलाई बागमतीको पनि कार्यभार
मंसिर १५, २०८०आलु खेतीमा कास्कीको फड्को
मंसिर १५, २०८०