लेखनाथ महोत्सवमा थामिनसक्नु भीड

आदर्श समाज सम्वाददाता
पौष १५, २०७५
lekhnath festival

महोत्सवको फाइल फोटो ।

लेखनाथ, १४ पुस। महोत्सव समापन हुन मात्र २ दिन बाकी रहँदा १५ औं लेखनाथ महोत्सवमा शनिवार थामी नसक्नु दर्शकको भीड भयो ।

मध्यान्हदेखि महोत्सवस्थलमा दर्शकको चाप बढेपछि आयोजकलाई व्यवस्थापन गर्न हम्मेहम्मे परेको देखिन्थ्यो । आयोजकले थप टिकट काउण्टरको व्यवस्थापन गर्दै हातहातमा टिकट लिएर आफै टिकट बिक्रीका लागि खटेका थिए।

महोत्सवको १० औं दिन शनिवार परेकोले स्कूले विद्यार्थी अभिभावक सहित आउनेको बाक्लो उपस्थितिले महोत्सव स्थलमा अन्य दिनको तुलनामा दर्शकको चाप बढेको हो।

शनिबार करीब ५० हजार दर्शकले महोत्सव अवलोकन गरेको र हालसम्म तीन लाख बढी दर्शक आएको आयोजक लेखनाथ उद्योग बाणिज्य संघ महासचिव भरतकुमार अधिकारीको दाबी छ।

शनिवारमात्र ३ करोड बरावरको आर्थिक कारोवार भएको र हालसम्म करिव १५ करोड बराबरको कारोबार भइसकेको संघका कोषाध्यक्ष राजेन्द्र ओझाले बताए।

महोत्सवको थप आकर्षणका रुपमा रहेको विद्यालयस्तरीय एकल नृत्य प्रतियोगितामा फाइनलका लागि छनोट भएका ९ प्रतिस्पर्धीमध्ये बालप्रभात बोर्डिङ स्कूलकी वर्षा क्षेत्रीले प्रथम स्थान हासिल गर्न सफल भएकी छन् ।

जुनियर सिटिजन्स्की समृद्धि पाण्डे द्वितीय, डायमण्ड माविकी सिमरन गुरुङ तृतीय, युनिभर्स बोर्डिङ स्कूलकी प्रीति गुरुङ र डायमन्ड मोडेलकी मेरिजन गुरुङ सान्त्वना भएको प्रतियोगिताका संयोजक उपेन्द्रराज सुवेदी राजुले जानकारी दिए। महोत्सव पुस १६ गते सकिँदैछ ।

Related News

सम्बन्धित समाचार

  • छन्द बचाऊँ वाचनकला पुरस्कारबाट त्रिपाठी सम्मानित

    आदर्श समाज सम्वाददाता वैशाख ९, २०८१
    पोखरा । छन्द दिवस अवसरमा शनिबार माधव वियोगी वाङ्मय प्रतिष्ठानले छन्दकविता वाचक शिव त्रिपाठीलाई छन्द बचाऊँ वाचनकला पुरस्कार प्रदान गरेको…
  • सबीको अपरिभाषित आभा लोकार्पित

    आदर्श समाज सम्वाददाता वैशाख ९, २०८१
    काठमाडौं । मुक्तक साधनामा २ दशकदेखि क्रियाशील सबी श्रेष्ठको कृति ‘अपरिभाषित आभा’ शनिबार काठमाडौंमा लोकार्पण गरिएको छ । आवरण प्रकाशनले…
  • छन्द बचाऊँ वाचनकला पुरस्कारबाट त्रिपाठी सम्मानित

    आदर्श समाज सम्वाददाता वैशाख ८, २०८१
    पोखरा । छन्द दिवस अवसरमा शनिबार माधव वियोगी वाङ्मय प्रतिष्ठानले छन्दकविता वाचक शिव त्रिपाठीलाई छन्द बचाऊँ वाचनकला पुरस्कार प्रदान गरेको…
  • सिर्जनशीलमा दार्शनिक ज्ञानको प्रबोधीकरण

    आदर्श समाज सम्वाददाता वैशाख ८, २०८१
    पोखरा । सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठान पोखरामा शनिबार कवि शिरोमणि लेखनाथ पौड्यालका काव्यमा अद्वैत वेदान्त दर्शन शीर्षकको अनुसन्धानमा केन्द्रित रही प्रबोधीकरण…
  • सबीको अपरिभाषित आभा लोकार्पित

    आदर्श समाज सम्वाददाता वैशाख ८, २०८१
    काठमाडौं । मुक्तक साधनामा २ दसकदेखि क्रियाशील सबी श्रेष्ठको कृति ‘अपरिभाषित आभा’ शनिबार काठमाडौंमा लोकार्पण गरिएको छ । आवरण प्रकाशनले…

hero news full width