पोखरा, १४ पुस। एलजी एशोसिएसनले दोस्रो विष्णु तिमिल्सिना स्मृति हेमजा सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।
हेमजामा शनिबार भएकोे फाइनलमा तारा एफसीलाई टाइब्रेकरमा ३–२ गोलअन्तरले पराजित गर्दै उसले उपाधि सहित १ लाख ११ हजार १ सय ११ ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्यो ।
उपविजेता ताराले ५५ हजार ५ सय ५५ रुपैया ट्रफी मेडल र प्रमाणपत्रमा पुरस्कार पायो ।
तारा एफसीका टिम क्याप्टेन रोशन हिराचनले प्रहार गरेको बल एलजीका गोलरक्षक रामबहादुर कार्कीले बचाउ गरेपछि ताराले खेल गुमाएको हो ।
एलजीतर्फबाट रमेश मगर, सुलेमान मगर र कृष्ण गुरुङले प्रहार गरेको पेनाल्टी प्रहार गोलमा परिणत हुँदा ताराका विनोद गुरुङ र गोविन थापाले गोल गरेका थिए। खेलमा म्यान अफ दि म्याच एलजीका सुलेमान थापा मगर घोषित भए।
खेल अवधिभर सवोर्कृष्ट खेलाडी एलजी एशोसिएसनका कृष्ण गुरुङ घोषित हुँदै ५ हजार ट्रफी, मेडल पाए ।
विष्णुपादुका क्लब, हेमजाको आयोजनामा भएको प्रतियोगितामा सेमिफाइनलिष्ट विटी एफसी र एकता लालिगुँरासले १०/१० हजार प्राप्त गरे भने अनुशासित टिममा दीव्यदृष्टि क्लबले नगद १० हजार ट्रफी प्राप्त गर्यो।
त्यस्तै प्रतियोगितामा सर्वाधिक गोलकर्तामा वि–१३ वाझाँपाटनका अभिनाष तामा·, उत्कृष्ट गोलरक्षकमा एलजीका रामबहादुर कार्की, उत्कृष्ट मिडफिल्डरमा तारा एफसीका गोविन थापा, उत्कृष्ट डिफेन्डरमा एलजीका युनिक तामा· र उत्कृष्ट फरवार्ड ताराका विनोद गुरुङ घोषि भए। उनीहरुले जनही नगद ३ हजार, ट्रफी, मेडल पाए ।
विष्णुपादुका फुटबल एकेडेमीको सहयोगार्थमा भएको उक्त प्रतियोगिता ३६ टिमको सहभागिता रहेको थियो।
२०६६ सालमा हेमजामा भएको सवारी दुर्घटनामा ज्यान गुमाएका विष्णु तिमिल्सिना र सागर सापकोटाको स्मृतिमा ‘मैत्रीभाव तथा स्वास्थ्यका लागि खेलकुद’ नाराका साथ प्रतियोगिता आयोजना गरिएको हो।
प्रतियोगिता समापनमा प्रमुख अतिथि एन्फाका केन्द्रिय उपाध्यक्ष कृष्ण थापाले खेलकुदको क्षेत्रमा हेमजाले ठुलो फड्को मारेको बताए।
यस्तै पोखरा २५ का वडाध्यक्ष शोभाकर तिमिल्सिना, एन्फा कास्की अध्यक्ष मिलन गुरुङ, नेपाल सेभेन ए साइडका अध्यक्ष नवीन पुन, विष्णु तिमिल्सिनाका दाजु राजेन्द्र तिमिल्सिनाले बोलेका थिए। विष्णुपादुका क्लब हेमजाका अध्यक्ष कृष्ण खड्काको अध्यक्षतामा भएको कार्यक्रममा प्रतियोगिता संयोजक जगत थापाले स्वागत र मूलआयोजक समिति सदस्य वसन्त श्रेष्ठले सञ्चालन गरेका थिए।
Related News
सम्बन्धित समाचार
बाघचालमा नवीन प्रथम
रेबान भेट्रान्स कपमा नवीनलाई उपाधि, डबल्सतर्फ अनुज र नवीन विजयी
रेबान कप टेनिस फाइनल आज
रेवान कप टेनिस सुरु
नेपालद्वारा एकदिवसीय मान्यता सुरक्षित
hero news full width
मुख्य समाचार
शिक्षक संघ कास्कीमा राजु, महानगरमा किरणबाबु
गण्डकीका २ मन्त्रीले दिए राजीनामा
चैत्र १०, २०७९वसन्त कुँवर नेपाल प्रहरीका आइजिपी
चैत्र १०, २०७९बागमतीका मुख्यमन्त्रीले पाए विश्वासको मत
चैत्र १०, २०७९गण्डकी सरकारबाट माओवादी बाहिरियो
चैत्र १०, २०७९गण्डकी सरकारबाट बाहिरिन माओवादीको निर्णय गर्दै
चैत्र १०, २०७९