पोखरा, १४ पुस। तमु धिं केन्द्रीय आमा समितिले तमु (गुरुङ) जातिको फो ल्होछार अवसरमा शुभकामना आदानप्रदान गरेको छ।
प्रमुख अतिथि पोखरा ९ का वडाध्यक्ष रामराज लामिछानेले कार्यक्रम उद्घाटन गरेका हुन्। उनले नेपाली संस्कृति नै राष्ट्रियताको आधार रहेको औंल्याए। राज्यले संस्कृति संरक्षण एवं विकासमा ध्यान दिनुपर्ने उनको जोड थियो। उनले ल्होछार गुरुङको मात्रै नभएर आम नेपालीको चाड पर्व भएको दाबी गरे।
पोखरा ९ भित्रै तमु धिं नेपालजस्तो गर्विलो संस्था रहेकाले वडाले विकास र समृद्धिको लागि साथ पाउने विश्वास व्यक्त गरे।
कार्यक्रममा तमु धिं नेपाल अध्यक्ष कर्म तमुले फो ल्होले एकता, सद्भाव, विभेद अन्त्य, समतामूलक समाज र समृद्ध नेपाल निर्माणको सन्देश लिएर आउने विश्वास व्यक्त गरिन्।
तमु धिं नेपालको सांस्कृतिक उपसमितिद्वारा आयोजित फो ल्होछार विशेष सांस्कृतिक कार्यक्रम र पुस १६ गते सामूहिक ल्होछार कार्यक्रममा सबैको सहभागिताका लागि गुरुङले आग्रह गरिन्।
बौद्ध अर्घौ सदन अध्यक्ष तथा सामूहिक फो ल्होछार/ल्होसार समिति संयोजक क्या.भुवनसिं तमु, तमु धिं नेपालका अध्यक्ष तथा आमा समितिका सल्लाहकार हुमबहादुर तमुलगायतले ल्होछारको शुभकामना मन्तव्य राखेका थिए।
कार्यक्रममा याङ्जाकोट तमु समाज, पैयुँखोला तमु समाज, चिउली पाचे तमु समाज, हिमाली गुरुङ परिवार, कोल्मा बहाकोट तमु समाज, जोगीमणि तमु समाज, कृष्ण मन्दिरलगायतका आमा समितिले विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्दै ल्होछारको स्वागत गरेका थिए।
तमु धिं नेपाल केन्द्रीय आमा समिति अध्यक्ष हरिमाया तमुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ठ उपाध्यक्ष पञ्चकुमारी तमुले स्वागत र सहसचिव बालकुमारी तमुले संचालन गरेकी थिइन्।
Related News
सम्बन्धित समाचार
सरस्वतीमा दन्त शिविर
जीविका सहकारीको सभा
गैराथर सिल्पा सडकको उद्घाटन
केआइइसी वुनलाई फुटबल उपाधि
भारतको चेन्नइमा तीज
hero news full width
मुख्य समाचार
सरकार र आन्दोलनरत शिक्षकबीचको पहिलो वार्ता निष्कर्षविहीन
प्रदेशका संरचना र खर्च कटौती गर्न कार्यदल
असाेज ४, २०८०संविधानका ८ वर्ष : गण्डकीमा ६० ऐन पारित, ४२ क्षेत्रगत कानुन बनाउन बाँकी
असाेज ३, २०८०उदार संविधान, अनुदार नेतृत्व
असाेज ३, २०८०एमाले गण्डकी प्रथम अधिवशेनको तयारीमा, लोगो सार्वजनिक
असाेज २, २०८०गण्डकीलाई लामाचौर कप भलिबल उपाधि
असाेज २, २०८०