पोखरा, १४ पुस । १६ औं माछापुच्छ्रे बैंक पोखरा ओपन भेट्रान्स टेनिस प्रतियोगितामा ३५ वर्षमाथिको एकल उपाधि कमल भण्डारीले जितेका छन् ।
कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशालामा शनिबार फाइनलमा राजु श्रेष्ठलाई ६–३, ६–३ को सोझो सेटमा पराजित गरेका भण्डारीले लगातार तेश्रो पटक उपाधिमा आफ्नो नाम दर्ता गराएका हुन्।
यस्तै, ४५ वर्षमाथिको एकलतर्फको उपाधि बिमल गुरुङले जिते। पोखराका धरमबहादुर लामिछानेलाई ३–६, ६–३ र सुपरटाइमा ११–९ ले पराजित गर्दै बिमलले प्रथम स्थान हासिल गर्न सफल भए। ५५ वर्षमाथिको एकल उपाधि प्रदीप शाहले जिते। उनले राजु गुरुङलाई ६–०, ६–१ को सहज सेटमा पराजित गरेका थिए।
४५ वर्षमाथिको उपाधि धरमबहादुर लामिछाने र बिमल गुरुङको जोडीको पोल्टामा गयो। राजु क्षेत्री र सुदर्शन विष्टको जोडीलाई ६–४, ७–५ को सेटमा पराजित गर्दै लामिछाने जोडीले सो उपाधि रक्षा गरेको हो।
६५ वर्षमाथिको एकलतर्फ लक्ष्मी गुरुङले वाकओभर दिएपछि डा इन्द्रजित राई विजयी भए। ५५ वर्षमाथिको डबल्सतर्फ मनोज राणा र प्रदिप शाहको जोडी प्रथम भयो। समीर शेरचन र अनिल तुलाचनको जोडीमाथि ६–४, ६–४ को नतिजा निकाल्दै राणा र शाहको जोडीले उपाधि जिते ।
प्रतियोगितामा ३५ वर्षमाथिको एकलतर्फ विजेताले ५० हजार तथा उप–विजेताले २५ हजार, डबल्सतर्फका विजेताले १५ हजार र उपविजेताले ८ हजार नगद पुरस्कार प्राप्त गरे।
त्यस्तै, ४५ वर्षमाथि एकलतर्फको विजेताले २० हजार र उपविजेताले १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे। ५५ वर्षमाथि एकलतर्फको विजेताले २० हजार र उप–विजेताले १० हजार प्राप्त गरे। डबल्सतर्फ विजेताले १५ हजार र उप–विजेताले ८ हजारसहित ट्रफि पुरस्कार गरे।
विजयीलाई प्रतियोगिता मुख्य प्रायोजक माछापुच्छे« बैंकका अध्यक्ष रोशन केसी, सहप्रायोजक ट्रयाङ्कुलिटी स्पाका निदेर्शक रनिल फैंजु लगायतले पुरस्कार वितरण गरे।
आयोजक संघ कास्कीका अध्यक्ष दोर्जे लामाको अध्यक्षतामा भएको समापन समारोह खेलाडी सूर्य भुजेलले सञ्चालन गरेका थिए।
Related News
सम्बन्धित समाचार
हाप्किदो संघ गण्डकीमा खेम गुरुङ
हेमजा गोल्डकप विजेतालाई ६ लाख
१९ औं एसियाली खेलकुद : २२८ पदकको छिनोफानो, नेपाल पदकविहीन
पाठकलाई प्रदेश खेलकुद परिषद् गण्डकीको नि.सदस्यसचिव जिम्मेवारी
राइनास–५ लाई भलिबल उपाधि
hero news full width
मुख्य समाचार
प्रधानमन्त्रीको चीन भ्रमण : पोखरामा सोझै उडान, कोरला नाका खोल्ने
एमालेले टुंग्यायो प्रदेशमा भोट हाल्ने प्रतिनिधि, पृथ्वीसुब्बा र खगराजमध्ये कसको प्यानल बलियो ?
असाेज १३, २०८०सोह्र श्राद्धमा टोल टोलमा गौमुत्र
असाेज १२, २०८०प्रश्नहरुको घेरामा मुख्यमन्त्री, सांसदको चासो ७२ करोडमा
असाेज १२, २०८०गण्डकीमा बिमाको पहुँच निकै कम
असाेज १२, २०८०पोखराका अग्रज पर्यटन व्यवसायी हुतराज श्रेष्ठको निधन
असाेज १२, २०८०