पोखरा, १४ पुस । पोखराको फुटबल इतिहासबारे पत्रकार विनोद लामिछानेले ‘फुटबल’ बजारमा ल्याएका छन् ।
पोखरा म्यासेञ्जरको विशेष प्रकाशनको रुपमा बजारमा आएको सो पुस्तक गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरले शनिबार विमोचन गरे ।
पुस्तकमा पोखराको फुटबलको विगत र वर्तमानबारे उल्लेख छ । नयाँ पुस्तालाई खेलप्रति आकर्षण गर्न पुस्तक सफल रहेको छ ।
६४ पृष्ठ लामो पुस्तकमा पोखरामा फुटबलको शुरुवातबारे चर्चा एवं पुराना खेलाडीको खेलप्रतिको लगाव उल्लेख छ । साथै पोखराको खेल मैदानदेखि व्यावसायिक खेलाडी, फुटबलका अभिन्न अंग रेफ्रीबारे मिहिन ढंगले चर्चा गरिएको छ ।
नेपाली फुटबलमा महत्वपूर्ण योगदान दिए पनि ओझेलमा परेका खेलाडीबारे आफूले खोजी गरेको पुस्तक सम्पादक पत्रकार लामिछानेले जनाए ।
कार्यक्रममा प्रदेश प्रमुख कुँवरले खेलमा समावेशी र आरक्षण गर्ने कुरा गलत भएको बताए ।
विमोचन समारोहमा सांसद दीपक कोइराला, राखेप सदस्य राजेश गुरुङ, एन्फा उपाध्यक्ष कृष्ण थापा, पूर्व राष्ट्रिय खेलाडी खेम गुरुङ लगायतले पोखरेली फुटबल इतिहासलाई जिवितै राख्न पुस्तक दस्तावेज बन्ने बताए ।
सो अवसरमा पुराना खेलाडी डम्मरलाल माकाजु, यज्ञबहादुर साही र रुद्रनाथ पौडेललाई सम्मान गरिएको थियो ।
प्रकाशन सल्लाहकार गणेशबहादुर भट्टराईले पुराना पुस्ताका खेलाडीहरुको पहिचानका लागि पुस्तक महत्वपूर्ण बन्ने विश्वास व्यक्त गरे । कार्यक्रम संचालन संचारकर्मी मधु अधिकारीले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
पोखरेली युवा सांस्कृतिक परिवारमा सामूहिक साहित्यिक जयन्ती
कांग्रेस पोखरा महानगरका संस्थापक सभापति रेग्मीको स्मृति ग्रन्थ लोकार्पण
खगेन्द्रले ल्याए ‘दोष कसको ?
पुछारसिटे अभियानको एकल कविता वाचनमा सरस्वती श्रेष्ठ सरू
लेखक संघको पुरस्कार दीपक समीपको ‘अक्षर अक्षरमा देश’ कृतिलाई
hero news full width
मुख्य समाचार
गृहमन्त्री लामिछानेले प्रधानमन्त्रीसमक्ष बुझाए राजीनामा
के छ रवी लामिछानेको मुद्दामा सर्वोच्चको पूर्ण पाठ
माघ १३, २०७९रवि लामिछानेको सांसद पद खारेज
माघ १३, २०७९अब होटल, रेस्टुरेन्टले १० प्रतिशत सेवा शुल्क लिन नपाउने
माघ १३, २०७९आजको माैसम : तराईमा हुस्सु लाग्ने, गण्डकीमा आंशिक बदली
माघ १३, २०७९टाइगर कप भलिबल : महिलातर्फ एपिएफ र आर्मी उपाधि नजिक, पुरुषको सेमि समीकरण पूरा
माघ १२, २०७९