पोखरा, १४ पुस। अन्तराष्ट्रिय नेपाली साहित्य समाज न्यूयोर्क च्याप्टरकी उपाध्यक्ष, कवि शकुन ज्ञवाली भन्दिनु है बा ∕ कवितासङ्ग्रह लिएर आएकी छन्।
कृतिको लोकार्पण गर्दै नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले विदेशमा रहँदाका विवशता र बाध्यताका अनुभव र अनुभूतिलाई कवितामा अभिव्यक्त गर्न सक्नु नै सफल साहित्य हो भन्दै ज्ञवालीलाई सिर्जनशील साधकका रुपमा चिनाए।
कार्यक्रममा अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) का केन्द्रीय अध्यक्ष राधेश्याम लेकाली, साहित्यकार दामोदर पुडासैनी, नेपाल स्रष्टा समाजका अध्यक्ष विधान आचार्य, र प्रा.डा. खगेन्द्रप्रसाद लुइटेलले टिप्पणीसहित मन्तव्य राखेका थिए।
समारोहमा बोल्दै अनेसासका अध्यक्ष लेकालीले अनेसासका विभिन्न अञ्चल समितिलाई निकट भविष्यमा सात प्रदेशमा रुपान्तरण गर्ने जानकारी गराए।
शिक्षा सचिव मोहनकृष्ण सापकोटाले आफ्नै भाइबुहारी शकुन ज्ञवालीको सिर्जनायात्राबाट निकै प्रभावित भएको धारणा राखे। समारोहमा अन्तराष्ट्रिय नेपाली साहित्य समाजका आजीवन सदस्य उषा तिवारी, बुद्धि तिमिल्सिना र ललिता दोषीलाई आजीवन सदस्यताको प्रमाण–पत्र वितरण गर्नुका साथै नेपाल प्रज्ञा प्रतिष्ठानका नवनिर्वाचित कुलपति गंगाप्रसाद उप्रेती, सदस्य प्राध्यापक दिनेशराज पन्त, प्राज्ञ डा.उषा ठाकुरलाई सम्मान गरिएको थियो।
कार्यक्रम अन्तराष्ट्रिय नेपाली साहित्य समाज बागमतीका उपाध्यक्ष दिव्य गिरीको सभापतित्वमा सम्पन्न भएको थियो। कार्यक्रमका सभापति गिरीले कवि शकुन ज्ञवालीले धेरैजसो कवितामा बा, आमा, सान्दिदी, बहिनी, साथीसंगिनी, प्रेमी आदिलाई सम्बोधन गरेर जीवनका अनुभवलाई कवितामा व्यक्त गरेकाले उनको कविता सम्बोधन कृतिका रुपमा आएको विचार व्यक्त गरेे।
अनेसास बागमती समितिले आयोजना गरेको कार्यक्रम सुमन वर्षाको सञ्चालनमा सम्पन्न भएको थियो।
Related News
सम्बन्धित समाचार
बंगलादेशमा घन्कियो रेशम फिरिरी …
… अनि दुर्गा बराल बने वात्स्यायन
वात्स्यायनको अभिनन्दन तथा रथारोहण
देवुको ‘अव्यक्त पीडा’ र ‘दोषी नजर’ लोकार्पण
रत्नमानको ३ भाषाको पुस्तक
hero news full width
मुख्य समाचार
प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत, पक्षमा १७२ सांसद
रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने सरकारको निर्णय
चैत्र ६, २०७९उपराष्ट्रपति यादवले लिए पद तथा गोपनीयताको शपथ
चैत्र ६, २०७९माइनस डिग्रीमा माछा उत्पादन
चैत्र ६, २०७९सरकारकै कारण न्यायालय नेतृत्वविहीन : बार अध्यक्ष घिमिरे
चैत्र ५, २०७९निर्वाचन आयोगले राष्ट्रपति समक्ष बुझायो उपराष्ट्रपति निर्वाचन प्रतिवेदन
चैत्र ५, २०७९