ज्ञवालीको भन्दिनु है बा ! बजारमा

आदर्श समाज सम्वाददाता
पौष १५, २०७५
sakun87907931811741696_n

पोखरा, १४ पुस। अन्तराष्ट्रिय नेपाली साहित्य समाज न्यूयोर्क च्याप्टरकी उपाध्यक्ष, कवि शकुन ज्ञवाली भन्दिनु है बा ∕ कवितासङ्ग्रह लिएर आएकी छन्।

कृतिको लोकार्पण गर्दै नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले विदेशमा रहँदाका विवशता र बाध्यताका अनुभव र अनुभूतिलाई कवितामा अभिव्यक्त गर्न सक्नु नै सफल साहित्य हो भन्दै ज्ञवालीलाई सिर्जनशील साधकका रुपमा चिनाए।

कार्यक्रममा अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) का केन्द्रीय अध्यक्ष राधेश्याम लेकाली, साहित्यकार दामोदर पुडासैनी, नेपाल स्रष्टा समाजका अध्यक्ष विधान आचार्य, र प्रा.डा. खगेन्द्रप्रसाद लुइटेलले टिप्पणीसहित मन्तव्य राखेका थिए।

समारोहमा बोल्दै अनेसासका अध्यक्ष लेकालीले अनेसासका विभिन्न अञ्चल समितिलाई निकट भविष्यमा सात प्रदेशमा रुपान्तरण गर्ने जानकारी गराए।

शिक्षा सचिव मोहनकृष्ण सापकोटाले आफ्नै भाइबुहारी शकुन ज्ञवालीको सिर्जनायात्राबाट निकै प्रभावित भएको धारणा राखे। समारोहमा अन्तराष्ट्रिय नेपाली साहित्य समाजका आजीवन सदस्य उषा तिवारी, बुद्धि तिमिल्सिना र ललिता दोषीलाई आजीवन सदस्यताको प्रमाण–पत्र वितरण गर्नुका साथै नेपाल प्रज्ञा प्रतिष्ठानका नवनिर्वाचित कुलपति गंगाप्रसाद उप्रेती, सदस्य प्राध्यापक दिनेशराज पन्त, प्राज्ञ डा.उषा ठाकुरलाई सम्मान गरिएको थियो।

कार्यक्रम अन्तराष्ट्रिय नेपाली साहित्य समाज बागमतीका उपाध्यक्ष दिव्य गिरीको सभापतित्वमा सम्पन्न भएको थियो। कार्यक्रमका सभापति गिरीले कवि शकुन ज्ञवालीले धेरैजसो कवितामा बा, आमा, सान्दिदी, बहिनी, साथीसंगिनी, प्रेमी आदिलाई सम्बोधन गरेर जीवनका अनुभवलाई कवितामा व्यक्त गरेकाले उनको कविता  सम्बोधन कृतिका रुपमा आएको विचार व्यक्त गरेे।

अनेसास बागमती समितिले आयोजना गरेको कार्यक्रम सुमन वर्षाको सञ्चालनमा सम्पन्न भएको थियो।

Related News

सम्बन्धित समाचार

  • छन्द बचाऊँ वाचनकला पुरस्कारबाट त्रिपाठी सम्मानित

    आदर्श समाज सम्वाददाता वैशाख ९, २०८१
    पोखरा । छन्द दिवस अवसरमा शनिबार माधव वियोगी वाङ्मय प्रतिष्ठानले छन्दकविता वाचक शिव त्रिपाठीलाई छन्द बचाऊँ वाचनकला पुरस्कार प्रदान गरेको…
  • सबीको अपरिभाषित आभा लोकार्पित

    आदर्श समाज सम्वाददाता वैशाख ९, २०८१
    काठमाडौं । मुक्तक साधनामा २ दशकदेखि क्रियाशील सबी श्रेष्ठको कृति ‘अपरिभाषित आभा’ शनिबार काठमाडौंमा लोकार्पण गरिएको छ । आवरण प्रकाशनले…
  • छन्द बचाऊँ वाचनकला पुरस्कारबाट त्रिपाठी सम्मानित

    आदर्श समाज सम्वाददाता वैशाख ८, २०८१
    पोखरा । छन्द दिवस अवसरमा शनिबार माधव वियोगी वाङ्मय प्रतिष्ठानले छन्दकविता वाचक शिव त्रिपाठीलाई छन्द बचाऊँ वाचनकला पुरस्कार प्रदान गरेको…
  • सिर्जनशीलमा दार्शनिक ज्ञानको प्रबोधीकरण

    आदर्श समाज सम्वाददाता वैशाख ८, २०८१
    पोखरा । सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठान पोखरामा शनिबार कवि शिरोमणि लेखनाथ पौड्यालका काव्यमा अद्वैत वेदान्त दर्शन शीर्षकको अनुसन्धानमा केन्द्रित रही प्रबोधीकरण…
  • सबीको अपरिभाषित आभा लोकार्पित

    आदर्श समाज सम्वाददाता वैशाख ८, २०८१
    काठमाडौं । मुक्तक साधनामा २ दसकदेखि क्रियाशील सबी श्रेष्ठको कृति ‘अपरिभाषित आभा’ शनिबार काठमाडौंमा लोकार्पण गरिएको छ । आवरण प्रकाशनले…

hero news full width