प्राध्यापक संघ विन्दुवासिनी इकाइमा भट्टराई

आदर्श समाज सम्वाददाता
पौष १३, २०७५
Ambika Prashad Bhattarai

पोखरा, १२ पुस । नेपाल प्राध्यापक संघ विन्दुवासिनी संस्कृत विद्यापीठ पोखरा, इकाइ सभापतिमा अम्बिकाप्रसाद भट्टराई निर्विरोध निर्वाचित भएका छन् ।

संघको सम्पन्न अधिवेशनबाट उपसभापतिमा श्यामप्रसाद पौडेल, सचिवमा डा काशीनाथ कँंडेल, सहसचिवमा डा भोलानारायण रेग्मी, कोषाध्यक्षमा रविभक्त बराल एवम् सदस्यद्वयमा शिवहरि देवकोटा र भानुभक्त आचार्य निर्विरोध भए ।

अधिवेशनले नेपाल संस्कृत विश्वविद्यालय प्राध्यापक संघ केन्द्रीय प्रतिनिधिका लागि डा जगन्नाथ रेग्मी र आनन्दमणि रिजाललाई चयन गरेको छ।

निर्वाचित पदाधिकारीलाई बुधबार पद तथा गोपनीयताको शपथ ग्रहण गराइएको निर्वाचन समिति संयोजक राधाकृष्ण गैरेले जानकारी दिए।

Related News

सम्बन्धित समाचार

  • अमरसिंह माविको ६८ औं वार्षिकोत्सव

    आदर्श समाज सम्वाददाता चैत्र १४, २०८०
    पोखरा । अमरसिंह माध्यमिक विद्यालय नमूना रहेको चर्चा गरिएको छ । पोखरा–१२, रामघाट स्थित विद्यालयको मंगलवार भएको ६८ औं वार्षिकोत्सव, अभिभावक…
  • लायन्स लेखनाथमा कृष्णप्रसाद

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०८०
    लेखनाथ । लायन्स क्लब अफ लेखनाथको २५ औं शाखा अधिवेशनले वर्ष २०२४/२५ का लागि कृष्णप्रसाद तिमिल्सेनालाई अध्यक्षका लागि चयन गरेको…
  • ‘ज्येष्ठ नागरिकलाई सम्मान गरौं’

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०८०
    पोखरा । ज्येष्ठ नागरिकलाई सम्मान गर्नुपर्नेमा जोड दिइएको छ । ज्येष्ठ नागरिक मञ्च पोखरा ८ तथा वडा कार्यालयको संयुक्त आयोजनामा…
  • फेवा महोत्सवमा ड्यामसाइडमा पनि विविध गतिविधि

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०८०
    पोखरा। १९ औं फेवा नव वर्ष महोत्सवलाई पर्यटकीय राजधानीको इज्जत धान्ने गरी नयाँपन प्रदान गर्न विभिन्न संघसंस्थाले सुझाव दिएका छन्…
  • ‘मादलको घिन्ताङ गुञ्जाउँछौं सराङकोट’

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०८०
    पोखरा । पोखरा–१८, सराङकोटका महिला दिदीबहिनीहरुले आफूहरु स्वावलम्बनको मार्गमा अघि बढिरहेको बताएका छन् । वडा कार्यालयको आयोजनामा भएको महिला सशक्तीकरण…

hero news full width