लायन्स पोखरा माउण्टेन सिटीद्वारा आँखा जाँच

Avatar आदर्श समाज सम्वाददाता
पौष १३, २०७५

पोखरा, १२ पुस। लायन्स क्लब अफ पोखरा माउण्टेन सिटीले विहीवार बाल मन्दिर मावि, नदीपुरमा निःशुल्क आँखा जाँच कार्यक्रम गरेको छ । कार्यक्रममा एक हजार ८९ जनाको आँखा जाँच गरिएको

कार्यक्रम संयोजक डिआर पोखरेलले जनाए।

उनका अनुसार आँखा जाच गरिएकामध्ये तीन जना जटिल अवस्थाका, १७ जना तुरुन्तै औषधि प्रयोग गर्नुपर्ने र ६७ जना चस्मा लगाउनुपर्ने बिरामी भेटिएका छन् ।

आँखाका बिरामी विद्यार्थीलाई गर्नुपर्ने सम्पूर्ण उपचारसहित चश्मा समेत लायन्स क्लबले प्रदान गर्ने क्लब अध्यक्ष हर्कबहादुर अधिकारीले जानकारी दिए।

३ वर्षदेखि क्लबले सरकारी विद्यालयका विद्यार्थीको निःशुल्क आँखा जाँच कार्यक्रम आयोजना गर्दै आएको छ।

यस वर्ष करिब ४ हजार विध्यार्थीको आँखा गरेको क्लब सचिव शक्ति बरालले जानकारी दिए।

प्रमुख समाचार

मर्दी हिमाल ट्रेकिङमा गएका जापानीज नागरिकको भीरवाट खसेर मृत्यु

थप प्रमुख समाचार

वडाध्यक्ष पौडेललाई मातृशोक

४६८ भूकम्प पीडितले लिए किस्ता