भृकुटी आमा समूहमा रमा

आदर्श समाज सम्वाददाता
पौष १३, २०७५
bhrikuti_Fotor

पोखरा, १२ पुस। भृकुटी आमा समूह पोखरा वडा ८ र ९ को चौथो साधारणसभा तथा दोस्रो अधिवेशनले रमा नेपालीको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको छ । कार्यसमिति उपाध्यक्ष विष्णु श्रेष्ठ, सचिव उजेलीमाया मल्ल, सहसचिव लक्ष्मी ढुंगाना, कोषाध्यक्ष सावित्री शाही, सदस्य मुना राई, शान्ति गुरुङ, गौरी कोइराला, लक्ष्मी पौडेल, सुकमाया जिसी र राममाया नेपाली चयन भए ।

सल्लाहकारमा बिमला नेपाली, सृजना कार्की, गीता रोका, नानुमाया पाण्डे, शशि राना, शारदा सुवेदी र मीना गुरुङ छन् ।

प्रमुख अतिथि शारदा सुवेदीले कार्यक्रम उद्घाटन गर्दै संस्थाको अझ प्रगतिको कामना गरिन् ।

कार्यक्रममा हरिमाया परियार, गीता रोका, सृजना कार्की, पूर्व अध्यक्ष नानुमाया पाण्डे लगायतले बोलेका थिए । कार्यक्रम संचालन सचिव बिमला नेपाली र स्वागत रमा नेपालीले गरेका थिए। कार्यक्रममा सचिव र कोषाध्यक्षले  प्रतिवेदन पेस गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • पाेखरा नयाँबजारमा श्रीमद्भागवत् ज्ञानमहायज्ञ जारी

    आदर्श समाज सम्वाददाता वैशाख ६, २०८१
    पोखरा । पोखराको नयाँबजारमा नयाँ वर्षदेखि सुरु भएको श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ–२०८१ जारी छ । महायज्ञमा विविध कार्यक्रमले नयाँबजारस्थित प्रदर्शनी केन्द्र…
  • प्रकट पगेनी ‘शिव’ को निधन

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा। गजलकार एवं गीतकार प्रकट पगेनी ‘शिव’ को निधन भएको छ । जण्डिस र निमोनियाबाट गम्भीर बिरामी उनको मणिपाल शिक्षण अस्पतालमा…
  • नयाँ वर्षमा एगाको सहयोग

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । इम्ब्रोइडरी एन्ड गार्मेन्ट एसोसिएसन (एगा) पोखराले नयाँ वर्ष २०८१ का अवसरमा शुभकामना आदानप्रदान एवम् शैक्षिक सामग्री सहयोग गरेको…
  • दरौंखोला समाजको भित्तेपात्रो

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा दरौंखोला सामीप्य समाजको भित्तेपात्रो विमोचन एवं नयाँ वर्षको शुभकामना आदानप्रदान शनिबार पोखरामा गरिएको छ । स्याङ्जाको दरौंखोला आसपासबाट पोखरामा…
  • भुलभुला देवीमा ट्रस्ट भवन उद्घाटन

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । पोखरा ३३ पुडिटारस्थित भुलभुला देवी मन्दिरको परिसरमा निर्मित ट्रस्ट भवन एक कार्यक्रमबीच उद्घाटन गरिएको छ । पोखरा ३३…

hero news full width