पोखरा, ११ पुस। पत्रकार दुर्गा अधिकारी बुधबार सम्मानित भएकी छन्। इन्द्रा क्षेत्री स्मृति मानव मिलन नारी जागरण पुरस्कारबाट उनी सम्मानित भएकी हुन्।
मानव मिलन नारी जागरण नेपालद्वारा सो संस्थाकी संस्थापक कोषाध्यक्ष इन्द्रा क्षेत्रीको स्मृतिमा स्थापित सो पुरस्कारको राशी १० हजार पाँच सय ५५ रुपैयाँ र सम्मानपत्र रहेको छ। वरिष्ठ पत्रकार नारायण कार्कीले सम्मानपत्र, स्वतन्त्र पत्रकार संघ नेपालका राष्ट्रिय अध्यक्ष कृष्णप्रसाद बास्तोलाले दोसल्ला र संस्थाकी अध्यक्ष सविता बरालले फूलमालाद्वारा उनको सम्मान गरेका थिए।
त्यस अवसरमा प्रमुख अतिथि कार्कीले सकारात्मक कार्य गनेर्हरुको सम्मानबाट नै समाज अघि बढ्ने बताए।
साथै, उनले दुर्गा अधिकारीको सञ्चार क्षेत्रमा नेतृत्वदायी भूमिका रहेको चर्चा गरे। यसैगरी समाजसेवी इन्द्रा क्षेत्रीको स्मृतिलाई जीवन्त राख्न मानव मिलन नारी जागरणले पुरस्कार स्थापना गरी उदाहरणीय कार्य गरेको भन्दै त्यसको प्रशंसा गरे।
स्वतन्त्र पत्रकार संघ नेपालका राष्ट्रिय अध्यक्ष कृष्णप्रसाद बास्तोलाले संस्थापक संघका सदस्य दुर्गा अधिकारीको सम्मानले संघ गौरवान्वित भएको बताउँदै पत्रकार स्वतन्त्र रहेरै प्रतिष्ठित हुन सक्ने उदाहरण बनेको बताए।
सम्मानित पत्रकार दुर्गा अधिकारीले समाजसेवीको नाममा स्थापित पुरस्कार पाउँदा आफूलाई खुसी लागेको बताइन्। पुरस्कारले जनताको आवाज अझ बुलन्द बनाउन जिम्मेवारी थपिएको महसुस गरेको बताउँदै आफूलाई सञ्चार क्षेत्रमा लाग्न प्रेरणा दिने बुबा आमालगायत सबैप्रति आभार व्यक्त गरिन्।
संस्थाकी पूर्व अध्यक्ष पार्वती पौडेलले भनिन्– दुर्गा अधिकारीले रेडियो सफलतामार्फत् धेरै सञ्चारकर्मी उत्पादन गरेकी छन्।
नेपाली काँग्रेसका पूर्व क्षेत्रीय सभापति शोभाचन्द्र बरालले दुर्गा अधिकारीबाट सञ्चालित रेडियो सफलतामार्फत् नै मासवारको प्रचार भएको उल्लेख गर्दै महिलाहरुको सहभागिता विना कुनै पनि कार्यक्रम सफल नहुने बताए।
पत्रकार सुष्मा पौडेलले भनिन् – जुझारु पत्रकार दुर्गाको सम्मानले सबै महिला सञ्चारकर्मी सम्मानित भएको महशुस भएको छ।
प्रतिभा छनौट समितिका सदस्य निर्मला कार्की भण्डारीले सम्मानित व्यक्तित्वको परिचय प्रस्तुत गर्दै राम्रो काम गर्दै जाँदा सफलता प्राप्त हुन्छ भन्ने नमूना अधिकारी भएको बताइन्।
कार्यक्रममा साहित्यकार अम्बिका भण्डारी, नारी परोपकार केन्द्रका अध्यक्ष शारदा गिरी, महिला विकासका लागि आमा समूहका अध्यक्ष मेनका बराल, स्व. इन्द्राकी दिदी देवीमाया कार्कीलगायतले शुभकामना व्यक्त गरेका थिए।
संस्थाका अध्यक्ष सविता बरालले स्व. इन्द्रा क्षेत्रीको सामाजिक योगदानबारे चर्चा गरेकी थिइन्। उपाध्यक्ष कमला गिरीको स्वागत मन्तव्य रहेको सो कार्यक्रमको सञ्चालन सचिव मेनका पोखरेलले गरेकी थिइन्।
Related News
सम्बन्धित समाचार
मानव सेवामा निर्माण व्यवसायीको सहयोग
पोखरा वडा १४ को शुभकामना
क्षत्री समाजको कलश यात्रा र महाआरति
तारकाङ–पोखरा सम्पर्क समाजको शुभकामना
डाँडाकोनाक–विजयपुर कालोपत्रे तयारी
hero news full width
मुख्य समाचार
दशैँमा गावै रमाइलो, तर बाहिरिने कम
सार्वजनिक यातायात तथा हवाई टिकट पाउन मुस्किल
असाेज २१, २०८१साहित्यकार शकुनको कृति चर्चा
असाेज २१, २०८१प्रेस काउन्सिलद्वारा ४३ युट्युब च्यानललाई कारवाही
असाेज २१, २०८१गण्डकीमा इम्बोस्ड नम्बरको लफडा : पैसा लिने, प्लेट नदिने
असाेज २१, २०८१पाेखराकाे मारबाडी सेवा भोजनालयलाई २ लाख जरिवाना
असाेज २०, २०८१