लेखनाथ, ११ पुस। १५ औं लेखनाथ महोत्सवको सातौं दिन बुधबार करिब १५ हजार दर्शकले महोत्सव अवलोकन गरेका छन् ।
सोही दिन करिब १ करोड रुपैयाँ बराबरको आर्थिक कारोबार भएको आयोजकको दाबी छ ।
तालचोकमा जारी महोत्सव मध्यभागसम्म आइपुग्दा सफलतातर्फ उन्मुख हुँदै गएको आयोजक लेखनाथ उद्योग वाणिज्य संघले जनाएको छ । सो महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र समृद्धि भन्ने मुल नाराका साथ पुस ५ गतेदेखि सुरु भएको हो । महोत्सवमा दिनप्रतिदिन दर्शकको चापसँगै आर्थिक कारोबारमा पनि बृद्धि हुँदै गएको हो।
महोत्सवमा हालसम्म १ लाख ५० हजार जनाले अवलोकन गरेको र ९ करोड रुपैयाँ बराबरको कारोबार भएको संघका कोषाध्यक्ष राजेन्द्र ओझाले जानकारी दिए ।
महोत्सवमा करिव ३ सय ५० वटा स्टलबाट उल्लेल्यरुपमा कारोबार हुँदा स्टल संचालनक समेत खुसी देखिएको स्टल अनुगमन तथा मूल्याङ्कन उपसमितिका संयोजक सूर्यमणि लामिछानेले बताए ।
सुन्तला महोत्सवबाट शुरु महोत्सवलाई महोत्सवको पनि महोत्सवको रुपमा चिनाउँदै एउटै थलोमा उपभोक्तादेखि उत्पादनसम्म जमघट गराउने र उत्पदकत्व वृद्धिसँगै उत्पादित वस्तु बजारीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
महोत्सवमा विद्यालयस्तरीय एकल नृत्य प्रतियोगीता, गायन विधाको गण्डकी तारामा छनोट भएका १६ जना प्रतिष्र्धीमध्ये बुधवार टप–१२ छनोटमा परेको प्रतियोगिता संयोजक ऋषिराम जमकट्टेलले बताए ।
महोत्सवमा दैनिक रुपमा प्रस्तुत हुने लोकदोहोरी, रत्यौली गीत, हास्य प्रहसन र पप कन्र्सटले महोत्सवलाई थप रोचक बनाएको छ ।
विहीवार लोकदोहोरीतर्फ पुस्कल शर्मा, तारापति सुवेदी, सिर्जु अधिकारी, शिव हमाल, पार्वती जिसी, आयुष परियार, रेखा गुरुङ र वविता बानियाँको प्रस्तुति रहने छ ।
यस्तै पप कन्सर्टतर्फ सहिमा श्रेष्ठ र रमेशराज भट्टराईको प्रस्तुति रहने कलाकार ब्यवस्थापन उपसमिति संयोजक छत्रधर आत्रेयले जानकारी दिए ।
Related News
सम्बन्धित समाचार
सामुदायिक सेवा केन्द्र कालिकाको सचेतना कार्यक्रम
जलारी दुखेसो : आजसम्म थाहा छैन हामी को हौं ?
‘मोटरसाइकल भाडामा’ अंकित बोर्ड जफत
पर्यटन बसपार्क जिम्मा ए वानलाई
पोखरामा मनाइयो अपांगता दिवस
hero news full width
मुख्य समाचार
फेवा किनारका जलारीको गुनासो : आजसम्म थाहा छैन हामी को हौं ?
मुग्लिन-पोखरा सडक : नौ किलोमिटर खण्डमा एकतर्फी कालोपत्र सकियो
मंसिर १९, २०८०पर्वतमा औँसेकीराले ३० प्रतिशत सुन्तला नष्ट, किसान चिन्तित
मंसिर १९, २०८०मदरल्याण्डद्वारा विद्यार्थीलाई २ लाखसहित सम्मान
मंसिर १९, २०८०१९ औं लेखनाथ महोत्सवमा ९० लाख आम्दानी लक्ष्य
मंसिर १८, २०८०टुक्रे योजना र जनशक्ति अभाव, लक्ष्य भने ८० प्रतिशत
मंसिर १८, २०८०