बाह्रबीसे पैंगीलामा परिवारको प्रेहेकै

आदर्श समाज सम्वाददाता
पौष १२, २०७५
Pangi Lama Pariwar_Fotor

पोखरा, ११ पुस।  बाह्रबीसे पैंगीलामा परिवार पोखराले २६ औं वार्षिक भोज कार्यक्रम गरेको छ । सो अवसरमा चेलीबेटी, ज्वाइँचेला तथा भाञ्जाभाञ्जीलाई भोज खुवाएर प्रेहेकै गर्यो ।

कार्यक्रममा करिब १ हजार ४ सय जनाको उपस्थिति रहेको परिवार सचिव स.ई. कमल गुरुङले जानकारी दिए।  कार्यक्रममा परिवारका निवर्तमान अध्यक्ष कुलबहादुर गुरुङ, क्या. डम्बरबहादुर गुरुङ, क्या. पदमबहादुर गुरुङ, सु.दलमान गुरुङ, स्व. ढकबहादुर गुरुङका धर्मपत्नी अञ्जु गुरुङ र धनबहादुर गुरुङलाई परिवारको समितिमा योगदान पुर्याएकोमा सम्मान गरियो । सम्मानस्वरुप उनीहरुलाई चाँदीको खुकुरी प्रदान गरिएको थियो।

त्यस्तै, सिभिल इञ्जिनियर अञ्जली गुरुङ, पोखरा नर्सिङ क्याम्पसका सह–प्राध्यापक विष्णु गुरुङ, एसइईमा ३.२५ जीपीएसहित उत्तीर्ण श्रेया गुरुङलाई बाह्रबीसे पैंगीलामा पोखरा–२०७५ द्वारा सम्मान गरियो।

त्यसैगरी, उच्च शिक्षा स्व. हर्क गुरुङ स्मृति पुरस्कारबाट सिभिल ईञ्जिनियर कृपण गुरुङ र नर्सिङ उत्तीर्ण लक्ष्मी गुरुङलाई मायाको चिनो प्रेmमभित्रको करुवासहित सम्मान गरियो। एसइई उत्तीर्ण श्रेया गुरुङ, उमङ्ग गुरुङ र उपकार गुरुङलाई मायाको चिनो दिइयो ।

कार्यक्रममा परिवारका प्रमुख सल्लाहकार लालकाजी गुरुङ, नेपाल पैंगीलामा केन्द्रीय कार्यसमिति अध्यक्ष क्या. डम्बरसिंह गुरुङ, महालक्ष्मी पैंगीलामा एकता परिवार अध्यक्ष देवीराज तमु, लिङ्कन कलेजका निदेर्शक शेरबहादुर गुरुङ र बाह्रबीसे पैंगीलामा परिवार, आर्थर अध्यक्ष चन्द्रसूर्य गुरुङ लगायतले बोलेका थिए।  बाह्रबीसे पैंगीलामा परिवार पोखरा अध्यक्ष गोपालबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष ना.सु. कुलबहादुर गुरुङले स्वागत र सचिव स.ई. कमल गुरुङले संचालन गरेका थिए।

Related News

सम्बन्धित समाचार

  • कथा सुन्न भक्तजनको आकर्षण

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । पाेखरा नयाँबजारमा जारी श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञमा भक्तजनको आकर्षण बढ्दो छ । हरिहर सन्यास आश्रम देवघाटधामका पीठाधीश अनन्तश्री विभूषित स्वामी…
  • पाेखरा नयाँबजारमा श्रीमद्भागवत् ज्ञानमहायज्ञ जारी

    आदर्श समाज सम्वाददाता वैशाख ६, २०८१
    पोखरा । पोखराको नयाँबजारमा नयाँ वर्षदेखि सुरु भएको श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ–२०८१ जारी छ । महायज्ञमा विविध कार्यक्रमले नयाँबजारस्थित प्रदर्शनी केन्द्र…
  • प्रकट पगेनी ‘शिव’ को निधन

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा। गजलकार एवं गीतकार प्रकट पगेनी ‘शिव’ को निधन भएको छ । जण्डिस र निमोनियाबाट गम्भीर बिरामी उनको मणिपाल शिक्षण अस्पतालमा…
  • नयाँ वर्षमा एगाको सहयोग

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । इम्ब्रोइडरी एन्ड गार्मेन्ट एसोसिएसन (एगा) पोखराले नयाँ वर्ष २०८१ का अवसरमा शुभकामना आदानप्रदान एवम् शैक्षिक सामग्री सहयोग गरेको…
  • दरौंखोला समाजको भित्तेपात्रो

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा दरौंखोला सामीप्य समाजको भित्तेपात्रो विमोचन एवं नयाँ वर्षको शुभकामना आदानप्रदान शनिबार पोखरामा गरिएको छ । स्याङ्जाको दरौंखोला आसपासबाट पोखरामा…

hero news full width