पोखरा, ११ पुस । समाजमा महिला र पुरुषलाई अझै पनि समान व्यवहार नहुनु नै महिला हिंसाको प्रमुख कारण रहेकोमा जोड दिइएको छ । महिला हिंसामा संलग्नलाई कानूनी कठघरामा उभ्याउन सकेमात्र कतिपय यस्ता घटना स्वतः निर्मूल हुँदै जाने उनीहरुको भनाइ छ ।
आइएमई नेपाल लिटरेचर फेस्टिभलको अन्तिम दिन मंगलबार ‘वुमेन्स सेफ्टी एन्ड सेक्युरिटी इन द टाइम अफ निर्मला’ सेसनमा बोल्ने वक्ताले सो कुरामा जोड दिएका हुन् । उनीहरुले आपराधिक घटनामा सरकारले पीडितलाई जतिसक्दो छिटो न्याय दिलाउन सक्नुपर्नेमा जोड दिए ।
अभिनेत्री मनीषा कोइरालाले समाजमा छोराछोरीलाई गरिने भेदभाव नहटेसम्म नेपालीले समृद्ध नेपाल र सुखी नेपालीको परिकल्पना कल्पनामै सीमित हुने बताइन् । समाजमा बलात्कारजन्य घटना बढ्नुमा कानूनी कार्यान्वयन फितलो रहेको भन्दै तत्काल दण्डसजाय व्यवस्था गरिनुपर्ने उनले औल्याइन् । निर्मला हत्याकाण्डका आरोपि तथा एसिड आक्रमणमा संलग्नहरु खुलेआमा हिडिरहँदा समेत राज्यले दोषी पक्राउ गरेर कानूनी कठघरामा उभ्याउन नसक्नु लाजमदो विषय रहेको कोइरालाको टिप्पणी थियो ।
गायिका आनी छोइङ डोल्माले बलात्कारमा संलग्न पुरुषको लिंगछेदन गर्नुपर्ने भन्दै कडारुपमा प्रस्तुत भइन् ।
केही समयअघि एसिड प्रहारमा परेकी संगीता मगरले अझै पनि एसिड प्रहारकर्ताले जेलबाटै धम्की दिइरहेको बताउँदै एसिड हान्नेमा अलिकति पनि पश्चात्तापबोध नभएको बताइन् । त्यति मात्र नभई उसले जेलबाटै आफ्नो परिवारलाई धम्की दिइरहेको र जे पनि गर्न सक्ने आशयका धम्कीपूर्ण भनाइ दिइरहेको उनको गुनासो छ ।
कार्यक्रममा सीमा बस्नेतले गायिका बन्ने लक्ष्य लिएर अघि बढेकी आफूमा एसिड आक्रमणपछि राजनीतिमा आउने र समाजमा व्याप्त विकृति उन्मूलन हटाउने काममा लागिपर्ने सोच आएको बताइन् । एसिड आक्रमणमा पर्दा अन्यबाट सहयोग पाए पनि सरकारीस्तरबाट उचित सहयोग नपाएको गुनासो गरिन् ।
सबैको प्रतीक्षाको सेसन ‘अबको नेतृत्वः कसको, कस्तो ?’ मा प्रस्तुत भए–नेकपा नेता नारायणकाजी श्रेष्ठ, काँग्रेस नेता गगन थापा र विवेकशील साझा पार्टी संयोजक रवीन्द्र मिश्र । उनीहरुसँग अन्तरसंवाद चलाए पत्रकार गुणराज लुइँटेलले ।
नेतृत्वको कमजोरी एवम् स्वार्थी चरित्रका कारण नेपालले विकासको मूलबाटो पहिचान गर्न नसकेको उनीहरुको भनाइ थियो ।
नेता श्रेष्ठले आफ्नो नाममा अहिलेसम्म बैंक ब्यालेन्स, घरघडेरी केही नभएको दाबी गरे । उनले समाजलाई सहीमार्गमा डोर्याउन आफू सदा लागिपर्ने बताए । पार्टीमा रहेका विभिन्न संघसंगठन हटाउने पक्षमा रहेको उनको भनाइ छ ।
नेता मिश्रले पुराना पार्टीमा मौलाएको भ्रष्टाचार निर्मूल नभएसम्म समाजले अझै पनि उज्यालो देख्न नपाउने दाबी गरे । उनले विवेकशील भने नयाँ विचार लिएर अघि बढेको भन्दै अबको २० वर्षभित्रै मुलुकले समृद्धिको काँचुली फेर्ने दाबी गरे ।
काँग्रेसका थापाले नेतृत्व वर्गमै सही दिशा निदेर्श हुनुपर्नेमा जोड दिए ।
यस्तै, कुन्ता शर्मा, अशोक थारु र हनिफ मियासँग ‘संघीय नेपालमा आञ्चलिक स्वर’ शीर्षकमा केदार शर्माले संवाद गरे । संघीयतामा गएको नेपालमा आञ्चलिकताको प्रभाव एवम् यसको प्रयोग सन्दर्भका विविध पक्षमाथि वक्ताले विश्लेषण गरे । ‘म किन राष्ट्रवादी होइन ?’ मा खगेन्द्र संग्रौला र ‘ह्वाई आन्र्ट यू अ फेमिनिस्ट’ शीर्षकमा अर्चना थापाले सम्बद्ध विषयमाथि प्रकाश पारे ।
‘साहित्यमा सेन्सरसीप’ मा महेशविक्रम शाह, युग पाठक र सरस्वती प्रतीक्षासँग नयनराज पाण्डेले बहस चलाए भने ‘गणतन्त्रपछिको नेपाली समाज’ मा राधेश्याम अधिकारी, सुरेश ढकाल र दुर्गा सोबसँग किरण नेपालले अन्तरसंवाद गरे । ‘द वेवार्ड डटर : अ काठमान्डू स्टोरी’ शीर्षकमा मुना गुरुङ र श्रद्धा घलेले विचारविमर्श गरे । ‘दन्त्यकथा’ शीर्षकमा प्रदीप गिरीले दन्त्यकथासँगै मिथकबारे प्रवचन दिए ।
बुकवर्म फाउन्डेसन र र्यान्डम रिडर्स सोसाइटीको आयोजनामा चार दिनसम्म फेवाताल किनारमा भएको सातौं संस्करणको सो फेस्टिभल कविता वाचनसँगै समाप्त भयो ।
फेस्टिबल अवसरमा देशविदेशका साहित्यकार, लेखक, कलाकार तथा विभिन्न क्षेत्रका व्यक्तिसँग झण्डै ३ दर्जन सेसनमा विभिन्न शीर्षकमा छलफल, बहस र संवाद भएको आयोजकले जनाएको छ ।
Related News
सम्बन्धित समाचार
रेडियो अन्नपूर्णले गरेको २१ औं रक्तदान कार्यक्रममा१ १० युनिट रगत संकलन
सृजना विकास केन्द्रको सामाजिक परीक्षण
फेवा नव वर्ष महोत्सव, सुरक्षामा ध्यान दिन सुझाव
अनाथको आश्रय सहारा एकेडेमी
आत्महत्या रोक्न टिकटक प्रतियोगिता
hero news full width
मुख्य समाचार
स्वर्णिमको बहिर्गमनले कांग्रेसमा निम्तिने क्षयीकरण
सरकार फेरिएको फेरियै, द्वन्द्वपीडितको घाउ उस्तै ?
चैत्र १८, २०७९पोखरा सम्पन्न एसिया ट्राइयाथलन कप बब र मार्गरेटालाई
चैत्र १८, २०७९मिटरब्याजीलाई ‘फिल्ड’मै कारबाही गर्नसक्ने आयोग बनाउँछु : प्रधानमन्त्री दाहाल
चैत्र १८, २०७९मिटरब्याज पीडतले प्रधानमन्त्रीसँग भने : न्याय नपाएसम्म घर फर्कन्नाैं
चैत्र १८, २०७९रनाहामा पोखरेली पर्यटन व्यवसायी, ‘सञ्जीवनी बुटी’ को खोजीमा
चैत्र १७, २०७९