पोखरा, ११ पुस । सेराजेम पोखरा सेन्टर निरीक्षणका लागि आएका अतिथिलाई भव्य स्वागत गरिएको छ। उरी पोखरा सेन्टर प्रालिद्वारा सञ्चालित सभागृहचोकस्थित सेन्टर र बगर सेन्टर निरीक्षणका लागि विभिन्न ४ सेन्टरका प्रमुख यहाँ आएका हुन्।
मानिस शारीरिकरुपमा मात्र भै मानसिक रुपमासमेत स्वस्थ हुनुपर्छ भन्ने मान्यताका लागि ‘साथी बनाऔं’ अभियानअन्तर्गत नेपालका ३० सेन्टरमध्ये उत्कृष्ट खोजी गर्ने उद्देश्यले निरीक्षण भएको पोखरा सेन्टर प्रमुख दीलिपसुव्वा गुरुङले जनाए।
निरीक्षणका लागि बुटवलका बाबुराम श्रेष्ठ, सुनवलका नारायण पौडेल, कावासोतीका राजन भुषाल र बगरका सनत गुरुङ सम्मिलित चार सदस्यीय टोली आएको हो। उनीहरुको स्वागतका लागि सभागृहचोक शाखाका कर्मचारीहरु सुशान्त रामदाम, वीनिता भण्डारी, सविना गुरुङ, मनिला गुरुङ, दीपा बानियाँ, गंगा गुरुङ, कमला आचार्य, सपना गुरुङ लगायत फूलगुच्छाको साथमा पहिलो पंक्तिमा थिए भने उपचारका लागि नियमित आउने करिब सय बढी मानिस पंक्तिबद्धरुपमा दुईहात जोडेर बसेका थिए।
सभागृहचोक शाखाका म्यानेजर देवराज पहारीले सेराजेमको ‘सी’ समूहअन्तर्गत पश्चिमका विभिन्न सेन्टर निरीक्षण गरेको टोलीलाई आफूहरुले गरेको गतिविधिबारे जानकारी दिएको बताए।
बुटवल सेन्टर प्रमुख बाबुराम श्रेष्ठले वातावरण, संचालक तथा कर्मचारी, सेवाग्राही लगायतलाई आधार मानेर मार्किङ गरिने जानकारी दिए। एकअर्को सेन्टरको निरीक्षण तथा अनुगमनपछि संकलित रिपोर्ट सेराजेमको कोरियन हेल्थ केयर कम्पनीमा पठाइने छ।
सेराजेमको मुख्य विशेषता वैज्ञानिक एवं प्रमाणीय तापीय उपचार विधि प्रयोग गरी सरल तरिकाबाट शारीरिक समस्याको निदान गर्नु हो। ८० राष्ट्रमा फैलिएको सेराजेम मेसिनमार्फत मेरुदण्डसहित मानवशरीरमा तातो व्यायाम गराई शरीरमा रक्तसंचार राम्रो बनाउन, स्नायु प्रणाली लचिलो बनाउन, शारीरिक दुखाइ वा पीडा कम गर्न र भविष्यमा रोग लाग्न नदिनु यसको प्रमुख विशेषता हो।
Related News
सम्बन्धित समाचार
पशु प्रजनन् तालिम
मगर सांस्कृतिक संघमा सरिता
पोखरामा विद्यालयस्तरीय नृत्य प्रतियोगिता
हेमजामा असारे रोपाइँ महोत्सव
सिर्जनामा विविध क्रियाकलाप
hero news full width
मुख्य समाचार
संस्कृत शिक्षाको आकर्षण बढ्दै छ : जगन्नाथ रेग्मी
पुतलीबजार नगरपालिकाको पहिलो निर्णय नै खारेज
असार १६, २०७९एमाले माग्यो गण्डकीका मुख्यमन्त्रीको राजीनामा
असार १५, २०७९बूढीगण्डकी कम्पनी मोडलमा बनाउने सरकारी निर्णय
असार १५, २०७९लाम्पाटा–दरबाङ सडक आयोजना अलपत्र
असार १५, २०७९जनताको प्राथमिकता सडक नै हुँदो रहेछ : देवीजंग गुरुङ
असार १४, २०७९