पोखरा, १० पुस । कास्की जिल्ला टेनिस संघको आयोजनामा १६ औं माछापुच्छ्रे बैंक पोखरा ओपन भेट्रान्स टेनिस प्रतियोगिता शुरु भएको छ।
पहिलो दिनको खेलमा ३५ वर्ष एकलमा अनिल सेन्चुरीले पदक गुरुङलाई ६–२, ६–२, नारायण पहारीले सब्बर मियाँलाई ६–०, ६–१, सिमान गुरुङले शम्भु गुरुङलाई ६–०, ६–० तथा भीष्म काउछाले कृष्ण केसीलाई ६–१, ६–१ ले पराजित गरे।
सोही इभेन्टमा छेवाङ लामाले लक्ष्मण तामाङलाई ६–०, ६–०, रामराजा कार्कीले शेष चौधरीलाई ६–४, ६–२ तथा विनोद गुरुङले डा देव थापालाई ६–१, ६–२ ले पराजित गरे।
यस्तै, ४५ वर्षमाथिको एकलमा अमृत कार्कीले काजी गुरुङलाई ६–४, ६–० ले, ठाकुरप्रसाद खनालले सुनिल श्रेष्ठलाई ६–२, ६–७ र १०–७, हुम आलेले रामु विकलाई ६–३, ४–६ र १०–६, सुदर्शन विष्टले शम्भु गुरुङलाई ६–१, ६–३, शरण गुरुङले गोपाल ज्ञवालीलाई ६–०, ६–२, राजु राईले धर्म कोइरालालाई ६–१, ६–४, विमल गुरुङले विनोद गुरुङलाई ६–३, ३–६ र १०–५, पदम गुरुङले उत्तम बोगटीलाई ७–६, ६–१, तेञ्जी शेर्पाले विष्णुबहादुर थापालाई ६–२, ६–३ र विकास गुरुङले निमा लामालाई ६–४, २–६ र ६–१० ले पराजित गर्दै दोश्रो चरणमा प्रवेश गरे ।
आयोजक संघका संरक्षक शिक्षाविद् जोर्ज जोनले प्रतियोगिता निदेर्शक कुमार अधिकारीलाई टेनिस बल हस्तान्तरण गर्दै प्रतियोगिता उद्घाटन गरेका थिए।
संघ कास्की अध्यक्ष दोजे लामाको अध्यक्षतामा भएको उद्घाटन समारोह उपाध्यक्ष लोक गुरुङले सञ्चालन गरेका थिए। खेल पोखरा रंगशालामा भएको हो ।
Related News
सम्बन्धित समाचार
पोखरा–२९ मा टोलस्तरीय खेलकुद कप सुरु
टेनिसमा च्याम्पियन
टेनिसमा च्याम्पियन
भानुभक्त आवासीय माविमा खेलकुद
२३ औं आहा रारा पोखरा गोल्डकप माघ दोस्रो साता
hero news full width
मुख्य समाचार
पोखरामा देशकै ठूलो अटो मेला
लेखनाथमा कारले स्कुटरलाई ठक्कर दिँदा २ युवतीको मृत्यु
मंसिर २४, २०८०प्राडा बुद्धिलाई लाइफ टाइम एचिभमेन्ट अवार्ड, दीपेन्द्रलाई पत्रकारिता पुरस्कार
मंसिर २४, २०८०१७ वर्षे बालकले बस चोरेर चलाउँदा
मंसिर २४, २०८०‘फरक हिमाली क्षेत्रका समान जीवनशैली’
मंसिर २४, २०८०पुम्दीकोटमा रुंगटा एक्लैको २ करोड दान
मंसिर २३, २०८०