क्षत्री समाज पोखरा–८ मा अधिकारी

आदर्श समाज सम्वाददाता
पौष ११, २०७५
chetri

पोखरा, १० पुस। क्षत्री समाज नेपाल पोखरा महानगरपालिका वडा ८ को तेस्रो साधारणसभा तथा अधिवेशनले वीरबहादुर अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ।

समितिको उपाध्यक्षमा धीरज थापा, सचिवमा पवित्रा केसी, कोषाध्यक्षमा राधिका थापा, सहसचिवमा मैया केसी छन्। सदस्यमा सुजन थापा, रामराजा थापा, रामबहादुर केसी, तारा केसी, विष्णु केसी, वीरबहादुर गोदार, निर्मला घिमिरे र अम्मर कार्की छन्।

त्यस्तै महिला समितिको अध्यक्षमा राधा थापा, उपाध्यक्षमा विष्णु केसी, सचिवमा कृष्ण थापा, कोषाध्यक्षमा रेणु थापा, सहसचिवमा कल्पना थापा र सदस्यमा ममता केसी, सावित्री थापा, विमला अधिकारी र इना कार्की छन्।

समितिको सल्लाहकारमा प्रेमबहादुर जिसी, कृष्ण थापा, श्यामसुन्दर खड्का, गणेशबहादुर अधिकारी र गणेशबहादुर खत्री चयन भए ।यसअघि साधारणसभा उद्घाटन गर्दै गण्डकी प्रदेशसभा सदस्य विन्दुकुमार थापाले क्षत्री समाजले मुलुकको समस्या समाधानका लागि भूमिका खेल्नु पर्नेमा जोड दिए।

क्षत्री समाज नेपालका पूर्व केन्द्रीय अध्यक्ष प्राडा दिलबहादुर क्षेत्रीले क्षत्रीहरु विकृति–विसंगति अन्त्यका लागि एकजुट हुनुपर्ने बताए।

त्यस अवसरमा गण्डकी प्रदेशसभा सदस्य बिन्दुकुमार थापालाई सम्मान गरिएको थियो। कार्यक्रममा क्षेत्री समाज कास्की अध्यक्ष पदमबहादुर कार्की, नगर अध्यक्ष रामबहादुर खड्का, सल्लाहकार श्यामसुन्दर खड्का, शारदा सुवेदी, विजयकुमार थापा, एकबहादुर कार्कीले बोलेका थिए।

क्षत्री समाज नेपाल पोखरा वडा ८ का अध्यक्ष वीरबहादुर अधिकारीको अध्यक्षतामा भएको कार्यक्रम महिला सदस्य पवित्रा केसीले संचालन गरेकी थिइन्।

Related News

सम्बन्धित समाचार

  • कथा सुन्न भक्तजनको आकर्षण

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । पाेखरा नयाँबजारमा जारी श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञमा भक्तजनको आकर्षण बढ्दो छ । हरिहर सन्यास आश्रम देवघाटधामका पीठाधीश अनन्तश्री विभूषित स्वामी…
  • पाेखरा नयाँबजारमा श्रीमद्भागवत् ज्ञानमहायज्ञ जारी

    आदर्श समाज सम्वाददाता वैशाख ६, २०८१
    पोखरा । पोखराको नयाँबजारमा नयाँ वर्षदेखि सुरु भएको श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ–२०८१ जारी छ । महायज्ञमा विविध कार्यक्रमले नयाँबजारस्थित प्रदर्शनी केन्द्र…
  • प्रकट पगेनी ‘शिव’ को निधन

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा। गजलकार एवं गीतकार प्रकट पगेनी ‘शिव’ को निधन भएको छ । जण्डिस र निमोनियाबाट गम्भीर बिरामी उनको मणिपाल शिक्षण अस्पतालमा…
  • नयाँ वर्षमा एगाको सहयोग

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । इम्ब्रोइडरी एन्ड गार्मेन्ट एसोसिएसन (एगा) पोखराले नयाँ वर्ष २०८१ का अवसरमा शुभकामना आदानप्रदान एवम् शैक्षिक सामग्री सहयोग गरेको…
  • दरौंखोला समाजको भित्तेपात्रो

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा दरौंखोला सामीप्य समाजको भित्तेपात्रो विमोचन एवं नयाँ वर्षको शुभकामना आदानप्रदान शनिबार पोखरामा गरिएको छ । स्याङ्जाको दरौंखोला आसपासबाट पोखरामा…

hero news full width