मुक्तिनाथ र क्यान्सर अस्पतालबीच सहकार्य

आदर्श समाज सम्वाददाता
पौष ११, २०७५
muktinath

पोखरा, १० पुस । मुक्तिनाथ विकास बैंक लि. र नेपाल क्यान्सर अस्पतालबीच बैंकका ग्राहकलाई अस्पतालमा उपचार छुटमा दिनेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ।

सम्झौतापत्रमा मुक्तिनाथतर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र अस्पतालतर्फबाट कार्यकारी अध्यक्ष सुदीप श्रेष्ठले हस्ताक्षर गरे।

सम्झौतापश्चात बैंकका भीसा डेबिट कार्डवाहक ग्राहकले नेपाल क्यान्सर अस्पताल, हरिसिद्विमा उपचार गराउँदा विभिन्न तोकिएका सेवामा १० प्रतिशतसम्म छुट पाउनेे व्यवस्था गरिएको छ।

बैंकले देशैभरी करिब ६ लाख ग्राहकलाई आधुनिक बैंकिङ तथा लघुवित्त सेवा प्रदान गदैर्आएको सूचना अधिकृत तिलबहादुर गुरुङले जानकारी दिए।

Related News

सम्बन्धित समाचार

hero news full width