दुर्गालाई मानव मिलन पुरस्कार

आदर्श समाज सम्वाददाता
पौष १०, २०७५
durga adhikari samani byakti

पोखरा, ९ पुस। पत्रकार दुर्गा अधिकारीलाई ईन्द्रा क्षत्री स्मृति मानव मिलन नारी जागरण पुरस्कारबाट सम्मान गरिने भएको छ । पुरस्कार राशि १० हजार ५ सय ५५ रुपैयाँ र सम्मानपत्र छ ।

मानव मिलन नारी जागरण नेपालद्वारा संस्थापक कोषाध्यक्ष इन्द्रा क्षत्रीको स्मृतिमा स्थापित पुरस्कार प्रदानका लागि सरस्वती गुरुङ संयोजक रहेको गठित प्रतिभा छनोट समिति बैठकले अधिकारीको नाम छनोट गरेको हो । पुरस्कार छनोट समितिमा सामाजिक व्यक्तित्व निर्मला कार्की भण्डारी, परिवारतर्फबाट स्व. इन्द्राकी छोरी सुस्मिता क्षत्री, संस्थाका अध्यक्ष सविता बराल र सचिव मेनुका पोख्ररेल रहेका थिए ।

समाजमा पछाडि पारिएका वर्गको पत्रकारिता र संचारमाध्यमबाट सशक्तीकरणमा योगदान पुर्याएकोमा उनलाई पुरस्कृत गने निर्णय गरिएको जनाइएको छ । वान नेपालका महासचिव समेत रहेकी पत्रकार अधिकारी रेडियो सफलता १०३.४ मेगाहर्जकी प्रबन्ध निदेर्शक हुन् ।

मानव मिलनले स्वास्थ्य, शिक्षा र मानव सेवामा सर्मपित भएर संस्थाले विभिन्न गतिविधि गर्दै आएको छ ।

यसअघि संस्थाले एचआईभी संक्रमित लक्ष्मी अधिकारी, फुटबल प्रशिक्षक सीता गुरुङ, सृजना शर्मा, जमुना पौडेल, ब्रह्राकुमारी परिणतालाई सम्मान गरिसकेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width