सरकारले कम्युनिष्टको बदनाम गर्यो : प्रकाण्ड

आदर्श समाज सम्वाददाता
पौष १०, २०७५
prakanda

बुटवल, ९ पुस। विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सरकार टिकाउन हैरानी भएको भन्दै टिप्पणी गरेका छन् ।

क्रान्तिकारी पत्रकार संगठनले सोमबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेनलमा उनले अरु कसैका कारणले नभइ आफ्नै पार्टीका नेताहरुका कारण ओलीलाई सरकार टिकाउन हैरानी परेको बताए।

उनले भने, ‘इतिहासकै बलियो जनसमर्थनको सरकार बन्यो भनियो तर आफ्नै पार्टीभित्रका नेताहरुका कारण ओलीलाई यो सरकार ५-६ महिना पनि टिकाउन हैरानी भएको छ।’

प्रकाण्डले अहिलेको सरकार र सरकारका मन्त्रीहरु विगतभन्दा झनै बढी भ्रष्टाचारी भएको आरोप लगाए।

‘विगतमा काँग्रेसका मन्त्रीहरुले लाख–करोडमा भ्रष्टाचार गर्थे अहिले कम्युनिष्ट पार्टीका मन्त्रीहरुले अबौर्मा भ्रष्टाचार गरिरहेका छन्,’ उनले भने, ‘यसले कम्युनिष्ट पार्टीकै वितृष्णा जगाएको छ।’ उनले ओली सरकार नाममात्रको कम्युनिष्ट पार्टीको भएको भन्दै सरकारको कार्यशैलीले कम्युनिष्टको बदनाम भएको बताए ।

उनले आफूहरु जनताको मुक्तिको लागि ज्यान हप्केलामा राखेर हिडेको पनि दाबी गरे।

Related News

सम्बन्धित समाचार

  • ३ वर्षमा ३०० आत्महत्या !

    रामकुमार श्रेष्ठ भाद्र २६, २०८१
    नवलपुर । नवलपुरमा पछिल्लो ३ वर्षमा ३ सय बढीले आत्महत्या गरेको पाइएको हो । गत वर्ष तुलनामा यो वर्ष आत्महत्या…
  • सडक निर्माण ढिलाइको विरोध

    आदर्श समाज सम्वाददाता भाद्र २५, २०८१
    नवलपुर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्डको काममा ढिलासुस्ती भएको भन्दै गैँडाकोटमा स्थानीयले सोमबार चक्काजाम गरी विरोध जनाएका छन् । सडक…
  • निजामती कर्मचारीलाई पुरस्कार प्रदान

    आदर्श समाज सम्वाददाता भाद्र २३, २०८१
    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निजामती सेवा पुरस्कारबाट ४० जना कर्मचारीलाई पुरस्कार प्रदान गरेका छन् । सिंहदरबारमा शनिबार २१…
  • हर्षोल्लासका साथ मनाइयो तीज

    आदर्श समाज सम्वाददाता भाद्र २२, २०८१
    पोखरा । यसपालिको हरितालिका तीज हर्षोल्लासका साथ मनाइएको छ । देशभरका शिव मन्दिरमा व्रतालु महिलाको ठूलो भीड लागेको थियो ।…
  • लामाचौर तीज महोत्सव सुरु

    आदर्श समाज सम्वाददाता भाद्र १९, २०८१
    पाखरा । नवआदर्श सामुदायिक विकास समाजको आयोजनामा बुधबारदेखि २६ औं संस्करणको ‘लामाचौर तीज महोत्सव–२०८१’ सुरु भएको छ । महिलाहरुको महान्…

hero news full width