पोखरेली आमा रहिनन्

आदर्श समाज सम्वाददाता
पौष १०, २०७५
late uttara

पोखरा, ९ पुस । पोखरेली आमा उत्तराकुमारी पालिखेको स्वर्गारोहण भएको छ ।

सोमबार दिउँसो २:३० बजे ८९ वर्षको उमेरमा उनको पालिखेचोकस्थित आफ्नै निवासमा निधन भएको हो । स्व. पालिखेको मंगलबार बिहान सेती किनार तुल्सीघाटमा अन्त्येष्टि गरिने परिवारजनले जनाएको छ।

प्रजातन्त्र सेनानी दयाशंकर पालिखेकी धर्मपत्नी स्व. पालिखेका छोराहरु विनोद शंकर, विश्वशंकर, विकाशशंकर र छोरी विद्या राजभण्डारी छन् । उनका जेठा छोरा गणेशमान पालिखेको केही वर्षअघि निधन भएको थियो ।

२००७ सालको प्रजातान्त्रिक आन्दोलनदेखि विभिन्न जनआन्दोलनमा सरिक हुँदै आएकी स्व. पालिखेको निधनले पोखरा शोकाकुल बनेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width