खैरेनीटार, ९ पुस । पूजा कापी उद्योग भरतपुर–४, शिवघाटको प्रथम वार्षिक साधारणसभा तथा अधिवेशनले सञ्जयकुमार चौधरीको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन गरेको छ ।
सञ्चालक समिति सदस्यमा नवीन रेग्मी, विष्णुप्रसाद शर्मा (केपी), शिव पौडेल, विजयकुमार घिमिरे, सुशील भण्डारी, नारायण काफ्ले, विष्णुप्रसाद कँडेल र उमाशंकर गुप्ता चयन भएका छन् ।यस्तै, ताराराम श्रेष्ठको संयोजकत्वमा पाँच सदस्यीय लेखा तथा सुपरीवेक्षण समिति निर्वाचित भएको छ । अन्य सदस्यमा नारायणकुमार श्रेष्ठ, ताराराम घले, युवराजकुमार कार्की र रामकृष्ण न्यौपाने निर्वाचित भएका छन् र कम्पनी सचिवमा पिताम्बर पोख्रेल रहेका छन् ।
निर्वाचित अध्यक्ष सञ्जयकुमार चौधरीले सकारात्मक सोचका साथ अगाडी बढ्ने जनाए ।
नेपालको सबै प्रदेशका युवाउद्यमीको प्रयासमा २०७४ सालमा स्थापित उद्योगको स्थापनालेे देशको आर्थिक विकासमा सहयोग पुग्ने सञ्चालक समूहले जनाएको छ ।
यस्तै, ३४ जना शेयर सदस्य रहेको नेपालको पहिलो स्वचालित मेसिनद्वारा कापी उत्पादन गरिने सो उद्योगमा २५ करोडको लगानी गरिएको छ ।
उद्योग सञ्चालक समिति अध्यक्ष उत्तमप्रसाद रेग्मीको अध्यक्षता रहेको कार्यक्रमको सञ्चालन नारायण काफ्लेले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
गण्डकी मेडिकल कलेजमा वित्तीय साक्षरता
कास्कीका सहकारी पीडित एउटै मोर्चामा, बन्यो संयुक्त संघर्ष समिति
न्युरोडमा खुल्यो बेरी लाउन्ज एन्ड बार
गरिमा र टान गण्डकीबीच सम्झौता
न्युरोडमा खुल्यो बेरी लाउन्ज एन्ड बार
hero news full width
मुख्य समाचार
कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१स्वदेश फर्किए कतारी अमिर
वैशाख १२, २०८१कतारका अमिरको भ्रमणसम्बन्धी खबर प्राथमिकतामा, विपिनको रिहाइ ‘मुख्य विषय’
वैशाख १२, २०८१रोजगार खोज्दै मेलामा
वैशाख १२, २०८१कतारी अमिरलाई ‘रुद्रकली’ र ‘खगेन्द्रप्रसाद’ !
वैशाख ११, २०८१