हेमजा, ९ पुस। दोस्रो विष्णु तिमिल्सिना स्मृति सेभेन ए साइड फुटबल प्रतियोगिताअन्तर्गत सोमबारको खेलमा सत्य युवा, फोटुफाइभ, एलजी ब्रदर्स र मालेपाटन एकेडेमी विजयी भए ।
सत्य युवा क्लब बाँझापाटन र डिएफसी हेमजाबीच भएको पहिलो खेलमा ३–० गोलअन्तरले सत्य युवा क्लब विजयी भयो। जितका लागि अभिनाश तामाङले जारी खेलमै पहिलो हयाट्रिक गरेका थिए।
त्यस्तै ग्रिन भ्याली लमजुङ र फोटुफाइभ एफसी काजीपोखरीबीच सम्पन्न दोस्रो खेलमा १–० गोलअन्तरले पछि पार्दै फोटुफाइभ क्लब अघिल्लो चरणमा प्रवेश गर्यो। जसका लागि अर्जुन रानाले गोल गरेका थिए।
त्यस्तै हेमजा युनाईटेड एकेडेमी तथा एलसी ब्रदर्स, लामाचौरबीचको तेस्रो खेल ३–० गोलअन्तरले एलजी ब्रदर्सले जित हात पारेको छ। जितका लागि जीवन छन्त्याल, सुशान्त गुरुङ र रोशन गुरुङले समान एक÷एक गोल गरेका थिए।
दीव्यदृष्टि युवा क्लब हेमजा र मालेपाटन एकेडेमीबीचको अन्तिम खेल २–१ गोलअन्तरले मालेपाटन एकेडेमीले आफ्नो पोल्टामा पार्यो। मालेपाटन एकेडेमीका नारायण केसीले २ गोल तथा दीव्यदृष्टिका लागि रोशन केसीले सान्त्वना गोल फर्काए।
मंगलवार पहिलो खेल युनेक एफ्सी घाचोक र सेभेनएट गाइजबीच बिहान ८ बजे हुने प्रतिष्पर्धा हुने क्लब सदस्य अमृत परियारले जनाए । सो प्रतियोगितासँगै पहिलो चरणका खेल सम्पन्न हुने र मंगलबारबाटै प्रि–क्वाटरका खेल हुनेछन् ।
विष्णुपादुका फुटबल एकेडेमीको सहयोगार्थ पुस १४ गतेसम्म जारी रहने प्रतियोगितामा प्रथमलाई १ लाख ११ हजार १ सय र उपविजेतालाई ५५ हजार ५ सय रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार दिइने जनाइएको छ।
Related News
सम्बन्धित समाचार
मुवाथाइको समर क्याम्प
मुवाथाइको समर क्याम्प
पोखरा १४ लाई फुटबल उपाधि
मुवाथाई सिकाइँदै
प्रदेशस्तरीय एसइई फुटसल
hero news full width
मुख्य समाचार
‘मौलिक’ संघीयतामा केन्द्रको तगारो
गण्डकीको आगामी बजेट ३२ अर्ब मात्रै !
जेठ १५, २०८०रेशम चौधरीसहित ५०१ लाई आम माफी
जेठ १४, २०८०गण्डकीमा विपतका १० महिना : ११७ जनाको मृत्यु, १०९ घाइते
जेठ १४, २०८०प्राथमिकता एकातिर, चिर्कटोका भरमा योजना
जेठ १३, २०८०फल इन लभ नै किन ?
जेठ १३, २०८०