फाइल फाेटाे ।
पोखरा, ९ पुस । पोखराबाट बाराको सिमरा र मनाङको हुम्दे विमानस्थलसम्म सिधा हवाई सेवा प्रदान गर्न गण्डकी प्रदेश सरकारले गरेको पहलको पश्चिमाञ्चल होटल संघ पोखराले हार्दिक स्वागत गरेको छ।
बाराबाट आएका व्यवसायी तथा सरकारी अधिकारीहरुको टोलीसँग गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले गरेको छलफलको क्रममा पोखरालाई ती दुई क्षेत्रसँग जोड्ने निर्णय पर्यटन प्रबद्र्धनका हिसाबले समेत स्वागतयोग्य भएको संघका अध्यक्ष विकल तुलाचनले बताएका छन्।
पुस २४ देखि हुम्दे विमानस्थल र माघ १५ सँगै सिमरा विमानस्थलसँग पोखराबाट हवाई सेवा जोडिन लागेको तुलाचनले सुनाए।
गण्डकी प्रदेश सरकारले समेत चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा पर्यटकीय पोखरालाई सात वटै प्रदेशसँग हवाई सेवा मार्फत जोड्ने विषय समेटेको थियो।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अधिकारी र गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीले जनप्रतिनिधिसँग बसेर गरेको छलफलमा उल्लेखित दुई विमानस्थलसम्म हवाई सेवा पोखराबाट संचालन गने निर्णय गरेका थिए। संघ अध्यक्ष तुलाचनले झापाको भद्रपुर र नेपालगञ्जबाट समेत पोखरालाई सिधा हवाई सेवा मार्फत् जोड्न सरकारसँग माग गरेका छन्।
बढीभन्दा बढी आन्तरिक उडान तथा भारतका केही मुख्य शहरसम्म हवाई सेवा मार्फत पोखरालाई जोड्न सके सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्यमा टेवा पुग्ने उनले सुनाए।
Related News
सम्बन्धित समाचार
सुनचाँदी व्यवसायी संघमा बुद्धाचार्य
नेप्से परिसूचक बढ्यो
विद्यालयलाई फर्निचर सहयोग
बजेटमा नबुझी माइस पर्यटन
पोखरा महानगरको बजेट ८ अर्ब ७७ करोड ७५ लाख
hero news full width
मुख्य समाचार
पोखराको सरकारी जग्गा विवाद : ठेक्का रद्ध गर्ने तयारी
असार सकिन लाग्यो, मलको पत्तो छैन
असार २३, २०७९अर्थमन्त्री शर्माले दिए राजिनामा
असार २२, २०७९कार्यकाल आखिरीमा पूर्व मेयरको जग्गाभाडा सम्झौता : पर्यटन व्यवसायीको विरोध
असार २२, २०७९‘जनताका आवश्यकतातर्फ बजेट केन्द्रित भएन’
असार २१, २०७९न्युरोडको जग्गा सम्याइँदै
असार २१, २०७९