थुनेलो र बाँझोपनबारे अभिमुखीकरण

Avatar आदर्श समाज सम्वाददाता
पौष १०, २०७५

पोखरा, ९ पुस। पशुमा लाग्ने थुनेलो र बाँझोपनसम्बन्धी पोखरा वडा २९ र ३० का कृषकलाई अभिमुखीकरण कार्यक्रम गरियो ।

रोटरी क्लब अफ लेखनाथको आयोजनामा सोमबार सो वडाका नौबिसे दुग्ध सहकारी सस्था लि.का १ सय ५० दुग्ध व्यवसायी कृषकलाई भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कास्कीका प्रमुख तथा वरिष्ठ पशु चिकित्सक ठगेन्द्रप्रसाद अर्यालले थुनेलोबाट कसरी जोगिने भन्नेबारे जानकारी दिए।

थुनेलोबाट जोगिन दूध दुहुने मानिसले नङ काट्नुपने, गोठको सरसफाइमा ध्यान दिनुपने र रोग लागेको शंका लाग्ने वित्तिकै पशु प्राविधिकसँग सम्पर्क गर्न अर्यालले कृषकलाई आग्रह गरे।

भेटोक्वीनल कम्पनिका एरिया इञ्चार्ज रमेश खड्काले कम्पनीले उत्पादन गरेका विभिन्न औषधि र प्रयोगका सम्बन्धमा प्रकाश पारे।

कार्यक्रममा पशुपालक कृषकलाई १ लाख ५० हजार रुपैयाँ बराबरको विभिन्न औषधि निःशुल्क वितरण गरिएको क्लब अध्यक्ष विश्वमणि भण्डारीले जानकारी दिए।

कार्यक्रममा क्लबका उपाध्यक्ष हरि बुढाथोकी, नौबिसे दुग्ध सहकारीका अध्यक्ष बाबुराम ढकाल,  क्लबका सचिव हरिप्रसाद खनालले बोलेका थिए ।

हाम्रो सुझाव

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा एमआरआई सेवा

धर्मका नाममा गलत प्रचार : सांसद केसी

किरियापुत्री पनि एसइइमा

भाट समाज क्षेत्रीय कार्यालयको उद्घाटन

प्रमुख समाचार

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा एमआरआई सेवा

थप प्रमुख समाचार

२८ सहजकर्तालाई पुनर्ताजगी प्रशिक्षण

राइनासबाट ५० लाख राजस्व संकलन

फूटसल प्रतियोगिता सम्पन्न