समाजसेवी क्या. ईश्वरबहादुरको अन्त्येष्टी

आदर्श समाज सम्वाददाता
पौष १०, २०७५
let ishor grg

पोखरा, ९ पुस। पोखरा–८ बगालेटोलका समाजसेवी क्या. ईश्वरबहादुर गुरुङ एम.एम.को गुरुङ परम्परा अनुसार बौद्ध अघौं सदन पोखरामा सोमवार दाहसंस्कार भयो।

८४ वर्षिय क्या. गुरुङको मेडिसिटी हस्पिटल काठमाडौंमा उपचारका क्रममा शुक्रवार साँझ निधन भएको थियो।

पुरानो गाउँ पर्वत, भूकदेउराली ताङ्लेका स्व. गुरुङ बृटिश आर्मीमा सन् १९४२ मा सेवा प्रवेश गरी १९६८ मा अवकाश प्राप्त गरेका थिए।  उनी मलायामा भएको आकस्मिक लडाइँमा बहादुरी देखाएवापत एमएम (मिल्ट्री मेडल) बाट विभूषित भएका थिए। अवकाशपछि पनि उनले वृटिश आर्मीको भर्ती केन्द्रमा एरिया रेफ्रिटिङ अफिसरको जिम्मेवारी सम्हालेका थिए।

पोखरा–८ वगालेटोलमा आई बसोबास गने पुरानामध्ये एक गुरुङ तमु धिं नेपाल, बौद्ध अर्घौ सदनका आजीवन सदस्य, बगालेटोल टोल सुधार समितिका सदस्यलगायत विभिन्न सामाजिक संस्थामा आवद्ध थिए।

उनी सिद्धार्थ क्लब पोखरा, कर्म डुब्यु छोलिङ गुम्बा माटेपानी, सिद्ध प्राथमिक विद्यालय ताङले र ताङले तमु समाजलगायतका विभिन्न संस्थाबाट सम्मानित भएका थिए। कम बोल्ने, काममा लगनशील, समाजका सहयोगी व्यक्तित्वका रुपमा परिचित क्या. ईश्वरबहादुर गुरुङको निधनप्रति बगालेटोल टोल सुधार समितिले गहिरो दुःख व्यक्त गरेको छ।

स्व. क्या. गुरुङका चार छोरा ललितबहादुर, रामप्रसाद, नगेन्द्र र राजकुमार तथा दुई छोरी चीनकुमारी र दिलकुमारी गुरुङ रहेका छन्।

Related News

सम्बन्धित समाचार

  • पोखरामा मनाइयो अपांगता दिवस

    आदर्श समाज सम्वाददाता मंसिर १८, २०८०
    पोखरा । ‘दिगो विकास लक्ष्य प्राप्तिको प्रतिबद्धता अपांगता भएका व्यक्तिको अपनत्व र नेतृत्व सहितको ऐक्यबद्धता’ भन्ने नारासहित यस वर्षको अपांगता…
  • ‘लोकतन्त्रविरोधी आन्दोलनको भविष्य छैन’

    आदर्श समाज सम्वाददाता मंसिर १८, २०८०
    पोखरा । लोकतन्त्रविरोधी आन्दोलनको भविष्य नभएको शनिबार पोखरामा आयोजित एक कार्यक्रमका वक्ताले जोड दिए । ७५ औं अन्तर्राष्ट्रिय मानव अधिकार…
  • प्राडा रामचन्द्रलाई नाट्यचार्य सम्मान

    आदर्श समाज सम्वाददाता मंसिर १८, २०८०
    पोखरा । नेपाल नाट्यअनुष्ठान पोखराका अध्यक्ष प्राडा रामचन्द्र पोखरेललाई नाट्यचार्य सम्मान प्राप्त भएको छ । असमेली नेपाली नाट्यसम्मेलन सन् २०२३…
  • पोखरा १३ मा यौन तथा प्रजनन् स्वास्थ्य शिविर

    आदर्श समाज सम्वाददाता मंसिर १८, २०८०
    पोखरा । पोखरा महानगरपालिका वडा नं. १३ सहरी स्वास्थ्य केन्द्र कुँडहरको आयोजनामा यौन तथा प्रजनन् स्वास्थ्य शिविर सम्पन्न भएको छ…
  • लामा फाउन्डेसनका अमृतद्वारा शैक्षिक सामग्री र पोसाक वितरण

    आदर्श समाज सम्वाददाता मंसिर १७, २०८०
    पोखरा । लामा अमृत फाउन्डेसन घान्द्रुकका संस्थापक अमृत गुुरुङले घान्द्रुकका ३ विद्यालयमा शैक्षिक सामग्री र पोसाक वितरण गरेका छन् ।…

hero news full width