पोखरा, ९ पुस। स्टेप वाई स्टेप माविले आफ्नो वार्षिक कार्यतालिका अनुसार विभिन्न खेलकुद प्रतियोगिता शुरु गरेको छ।
कक्षा नर्सरीदेखि कक्षा २ सम्मका विद्यार्थीबीच मिठाइ दौड, बिस्कुट दौड, तातो आलु, बेलुन फुटाइ, सय मिटर दौड, चम्चा दौड, कुर्ची दौड लगायत खेल खेलाइएको हो ।
विद्यालयका संस्थापक प्रिन्सिपल निर्मला बराल संस्थापक निदेर्शक रमाकान्त बराल र भाइस प्रिन्सिपल दीपक गिरीले संयुक्त रुपमा खेल शिक्षक विमल गुरुङलाई खेल सामग्री प्रदान गरी कार्यक्रम उद्घाटन गरेका थिए ।
प्रिन्सिपल निर्मला बरालले स्वास्थ्य शरीरमा नै स्वास्थ्य दिमाग रहने भन्दै खेलकुदबाट शारीरिक तथा मानसिक विकास हुने बताए ।
नर्सरी ‘बी’ मा खेलाइएको मिठाइ दौडमा प्रथम दीया राई, द्वितीय स्वीकृती खत्री र तृतीय एञ्जल तामाङ भए ।
युकेजी ‘ए’ तर्फ तातो आलुमा छात्रतर्फ सन्देश थापा, अनमोल बस्नेत र प्रलाद पहारी क्रमशः प्रथम, द्वितीय र तृतीय भएका छन् भने छात्रातर्फ नीशा बस्ताकोटी, नीविशा बराल, मीकी पराजुली प्रथम, द्वितीय र तृतीय भए ।
सोही इभेन्टमा युकेजी ‘बी’ छात्रतर्फ संयोग गुरुङ, आयुश गैरे, सम्भव रेग्मी तथा छात्रामा कल्पशा पौडेल, रोजी ढकाल, सुप्रिना तामाङ क्रमशः प्रथम द्वितीय र तृतीय भए।
बेलुन फुटाइमा कक्षा १ ‘क’ छात्रतर्फ आरोन बिक, बरुन सुवेदी, उत्सव पौडेल र छात्रातर्फ एलिसा तिमिल्सिना, यास्मी गौली, सम्पदा थापा क्रमशः प्रथम, द्वितीय र तृतीय भए ।कक्षा १ ‘ख’ छात्रतर्फ राज शाह, युराज बराल, पुकार खड्का तथा छात्रातर्फ खगेश्वरी पौडेल, सुविधा लामिछाने, आइसा थापा क्रमशः प्रथम, द्वितीय र तृतीय भएका छन्।
कक्षा एलकेजी र कक्षा २ का खेलको प्रारम्भिक चरणहरु सकिएको र अन्तिम चरणका खेल मंगलकार हुने विद्यालयका संयोजक सूर्यप्रसाद लम्सालले जानकारी गराए ।
Related News
सम्बन्धित समाचार
अरुणा र प्रदीप वर्ष खेलाडी
पोखरा स्पोर्टस् अवार्ड आज
एथलेटिक्स रेफ्री तथा निर्णायक सेमिनार
पोखरा स्पोर्टस् अवार्ड तयारी पूरा
भट्टराईलाई लाइफ टाइम अचिभमेन्ट अवार्ड
hero news full width
मुख्य समाचार
अडिएनन् अर्थमन्त्री : सांसदले बाँड्ने बजेट ल्याउन सहमत
तङ्ग्रिँदै मिछुर्लुङ होमस्टे
असार २०, २०७९मालपोत कर घटाउन दबाब
असार २०, २०७९ल्यान्डफिल साइट भरतपोखरीमा नसार्न दबाब
असार २०, २०७९प्रतिष्ठान स्वायत्त नहुँदा काम गर्न गाह्रो भएको छ : पद्मराज ढकाल
असार १९, २०७९ल्यान्डफिल साइट स्थानान्तरण विवाद : नगरसभाबाटै निर्णय सच्याउन माग
असार १९, २०७९