लेखनाथ, ८ पुस।तालचोकमा जारी १५ औं संस्करणको लेखनाथ महोत्सवमा राखिएका कृषि स्टलमा दर्शकको चासो बढेको छ ।
उत्पादकदेखि उपभोक्तासम्म सहज रुपले पँहुच पुग्ने र उत्पादित वस्तुको वजारीकरणमा सहयोग पुग्नेगरी महोत्सव स्थलभित्र राखिएका कृषि जन्य उत्पादन, हस्तकला, माछा, मह र घरेलु हस्तकलाका उत्पादनमा दर्शकको चासो बढेको हो।
कृषिजन्य उत्पादनलाई प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव स्थलभित्र दुर्इवटा माछाका स्टलबाट दैनिक सय केजी भन्दा बढी माछा बिक्री भएको रुपाताल पुनस्र्थापना तथा मत्स्य सहकारी संस्थाका अध्यक्ष लेखनाथ ढकालले जानकारी दिएका छन्।
रुपातालमा उत्पादित माछा दर्शकको आवश्यकता अनुसार दैनिक रुपमा बिक्री वितरणको ब्यवस्था मिलाएको बताएका छन्। यसैगरी, ताजा तरकारीका लागि राखिएका स्टलबाट विषेशगरि स्थानीय आलु, काउली, बन्दा, गोलभेडा र प्याजको बिक्री दैनिक हजार केजीभन्दा बढी भएको कृषिका संयोजक दयाराम तिवारीले जानकारी दिएका।
यसैगरी, महोत्सवमा राखिएको सुन्तलाको स्टलबाट दैनिक एक हजार केजी भन्दा बढी सुन्तलाको बिक्रि हुँदै आएको उनले बताएका छन्।
महोत्सवको पनि महोत्सवका रुपमा चिनिएको लेखनाथ महोत्सवमा व्यापारिक प्रयोजन सँगसगै उपस्थित दर्शकलाई थप मनोरञ्जन दिनका लागि राखिएको विद्यालयस्तरीय एकल नृत्य प्रतियोगिताका लागि छनोटमा परेको छ। विद्यालयका प्रतिस्पर्धी र गायन विधाको गण्डकी ताराको पहिलो चरणमा पुगेका १० प्रतियोगीको प्रस्तुती रहेको थियो भने संस्कृति जगेर्ना गर्न जातिय नृत्यअन्तर्गत हेल्मो समाजको मौलिक नृत्यको प्रस्तुति रहेको थियो भने सोमबार तमु समाजको तर्फबाट स्याङ्जाली तमु समाजको सोरठी नृत्य हुने संयोजक बुदिमाया थापामगरले जानकारी दिए।
रत्यौली गीत प्रतियोगितामा तोरीचौर आमा समुह र कटुञ्जे आमा समुहको प्रस्तुति रहेको स्टेज संयोजक नेत्रपाणि बास्तोलाले जानकारी दिएका छन् ।
महोत्सवको चौथो दिनसम्म आइपुग्दा दर्शकको चापसँगै कारोवारमा पनि वृद्धि हुदै आएकोबताइएको छ । आइतवार आर्थिक कारोवारतर्फ करिव एक करोड २० लाख रहेको कोषाध्यक्ष राजेन्द्र ओझाले जानकारी दिए। दर्शकको सहभागीता करिव १५ हजार रहेको आयोजक संस्था लेखनाथ उद्योग बाणिज्य संघका महासचिव भरतकुमार अधिकारीले जानकारी दिएका छन्।
पाचौं दिन सोमबार दोहोरीतर्फ प्रजापति पराजुली, रामजी खांड, कृष्ण अखेली, भूमिका गिरी, मिना अधिकारी, सरिता सारुमगर, हास्यतर्फ काउली बुढी, लाईभ पप कर्न्र्सटतफ कृष्ण काफ्लेको प्रस्तुती रहने प्रचारप्रसार उपसमिति संयोजक गोपीचन्द्र बास्तोलाले जानकारी दिए ।
Related News
सम्बन्धित समाचार
आर्वामा ज्येष्ठ नागरिक सम्मान
महिला अधिकारबारे कानुनी सचेतना
१०५ वर्षे इन्द्रकला ‘महानगर माता’
ठूलाडिही–पोखरा सम्पर्क मञ्चको कौसी खेती प्रशिक्षण
आनन्दित गृहद्वारा गुरुङ दम्पत्ति सम्मानित
hero news full width
मुख्य समाचार
विजयादशमीको उत्तम साइत कात्तिक ७ गते बिहान ११ः०२ बजे
बझाङको चैनपुर केन्द्रबिन्दु भएर ६.३ रेक्टर स्केलको भूकम्प
असाेज १६, २०८०विद्युत् नपुगेको छेन्तुङमा गण्डकी सरकारले पुर्यायो सोलार ऊर्जा
असाेज १६, २०८०पहिले दुर्व्यसनीको अखडा, अहिले बन्यो ड्रागन फ्रुटको बगैँचा
असाेज १६, २०८०कागबेनीको बाढीग्रस्त क्षेत्रमा मुख्यमन्त्री पाण्डे
असाेज १६, २०८०एमाले गण्डकीको अधिवेशन: ‘गठबन्धनले जनताको भाग्य र भविष्य बिगार्यो’
असाेज १६, २०८०