लेखनाथ, ८ पुस । कास्कीको पोखरा- १६ बाटुलेचौरमा नवनिर्मित गन्धर्व संग्रहालयको आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीले उद्घाटन गरेका छन् ।
सोको उद्घाटन गर्दै उनले पोखरालाई चिनाउन गन्धर्व समुदायको महत्वपूर्ण भूमिका रहेको बताए । उनले गन्धर्व नेपाली कला र संस्कृतिका धरोहर भएको उल्लेख गरे । उनले गन्धर्व संस्कृति र कलाको विकास गर्न एकेडेमी स्थापना गर्नुपर्नेमा जोड दिएका छन् ।
विसं २०७१ मा निर्माण शुरु गरिएको सङ्ग्रहालय भवन रु १७ लाखको लागतमा गत असार मसान्तमा निर्माणकार्य सम्पन्न भएको कोषाध्यक्ष विनोद गायकले जानकारी दिए । संग्रहालयको शुरुवातसँगसँगै त्यस क्षेत्रको पर्यटन विकासमा थप टेवा पुग्ने अपेक्षा स्थानीयवासीले गरेका छन् ।
संग्रहालयमा गन्धर्वका कला, संस्कृति झल्कने किसिमका सारङ्गी, मादल, अरबाजालगायतका पुराना बाजा र गन्धर्वसँग सम्बन्धित पुस्तक राखिएका छन् । गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापाले पोखरा पर्यटकीय रूपमा मात्र नभइ कला र संस्कृतिमा पनि धनी रहेको भन्दै प्रशंसा गरे ।
सो कार्यक्रममा भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष धनबहादुर गायकको अध्यक्षतामा भएको कार्यक्रममा वडाध्यक्ष जीवनप्रसाद आचार्य, स्व झलकमान गन्धर्व सालिक निर्माण समितिका अध्यक्ष ताराप्रसाद तिमिल्सिना, हिमालय क्लबका अध्यक्ष मोहनबहादुर थापा, नेपाल गन्धर्व समुदाय विकास केन्द्रका अध्यक्ष भोजबहादुर गायक, सल्लाहकार भीमबहादुर गायक, उपाध्यक्ष दिनेश गायक लगायतले पर्यटन वर्षलाई सफल बनाउन कला र संस्कृतिलाई पनि प्राथमिकता दिनुपर्नेमा जोड दिए ।
Related News
सम्बन्धित समाचार
स्पोर्टस् अवार्डलाई लगातार सहयोग
डिजिटल पेडागोजीसम्बन्धी कार्यशाला
दीपशिखा र ट्याग परियोजनाबीच सम्झौता
संस्कार समाज नेपालद्वारा सम्मान
प्रहरीले नागरिकसँग कस्तो व्यवहार गर्ने ?
hero news full width
मुख्य समाचार
वैदेशिक क्षेत्रका श्रमिक भोलिदेखि सामाजिक सुरक्षामा समेटिँदै
गोलाप्रथाबाट नवलपुरका अमृत भट्टचन छानिए उद्योग वाणिज्य महासंघ गण्डकीको अध्यक्ष
चैत्र ७, २०७९गण्डकीमा माओवादीले माग्यो मुख्यमन्त्री
चैत्र ७, २०७९‘रेक्स्यु गर्न मुख्यमन्त्रीमात्र जाने हो? प्रहरी पठाउन पाइँदैन’
चैत्र ७, २०७९प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत, पक्षमा १७२ सांसद
चैत्र ६, २०७९रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने सरकारको निर्णय
चैत्र ६, २०७९