स्याङजा, ८ पुस। एक कार्यक्तमका वक्ताले वित्तिय लगानी उत्पादनमूलक क्षेत्रमा लगाउनुपर्नेमा जोड दिएका छन्।
स्याङ्जामा प्रधान कार्यालय रहेको सूयोर्दय लघुवित्त वित्तीय संस्था लिमिटेडको छैटौं साधारणसभामा बोल्ने वक्ताले उक्त कुरा बताएका छन्।
सभाको उद्घाटन गर्दै गण्डकी प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्ष डा गिरीधारी शर्मा वित्तिय संस्थाहरुले उत्पादनमूलक क्षेत्रमा लगानी गरे मात्र समृद्ध नेपाल सुखी नेपालीको नाराले सार्थकता पाउने बताए।
कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत मोक्षप्रसाद पंगेनी, स्वतन्त्र वित्तिय विज्ञ दुर्गाबहादुर शाह (बाबा), शेयर सदस्य मिनप्रसाद गुरुङ्, गरिमा विकास बैंकका संचालक समिति सदस्य विमल पाण्डे, गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द शर्मा, सूयोर्दय लघुवित्त संचालक समिति सदस्य गुणाखर सापकोटा, कम्पनी सचिव सूर्य पौडेललगायतले ग्रामीण क्षेत्रका महिलाका जीवनस्तरमा सुधार ल्याउने उद्देश्यसमेत स्थापित लघुवित्तलाई मुलुककै नमूना लघुवित्त बनाउनेमा प्रतिवद्धता जनाए ।
सूयोर्दय लघुबित्त बित्तिय संस्था लिमिटेडका अध्यक्ष अनन्तकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सदस्य गुणाखर सापकोटाले स्वागत एवं कम्पनी सचिव सूर्य पौडेलले सञ्चालन गरेका थिए ।
साधारणसभाले ०७४/०७५ को वाषिर्क प्रतिवेदन, आर्थिक बर्ष २०७५/०७६ का लागि लेखा परिक्षक नियुक्ति, पब्लिकतर्फका एक जना संचालक समिति सदस्य निर्वाचित गरेको छ। लघुवित्तको अधिकृत पूँजी १५ करोड, जारी पूँजी १० करोड ७९ लाख १९ हजार र चुक्ता पूँजी १० करोड ७९ लाख १९ हजार रुपैंया रहेको छ। लघुवित्तको साधारणसभाले शेयर सदस्यलाई ४२ दशमलव ७५ प्रतिशत बोनस शेयर र बोनस शेयरपश्चात् ५० प्रतिशत हदप्रद शेयर जारी गर्दै १६ करोड १८ लाख ८७ हजार ५ सय चुक्ता पूँजी बनाउने भएको छ। लघुवित्तले विगतमा रहेको संस्थापकतर्फ ७० र सर्वसाधारणतर्फ ३० प्रतिशत शेयर संरचनालाई परिवर्तन गर्दै संस्थापकतर्फ ५१ र सर्वसाधारणतर्फ ४९ प्रतिशत बनाउने निर्णय गरेको छ।
जिल्लाकै सबैभन्दा बढी बढी आयकर बुझाउने र लाभांस वितरण गर्ने संस्थासहित उत्कृष्ठ प्रमुख कार्यकारी अधिकृतका रुपमा मोक्षप्रसाद पंगेनीलाई सम्मान गरिएको छ।
२०७० असार ६ गते पुतलीबजार बजार १ मा प्रधान कार्यालय स्थापनागरी बैकबाट घ वर्गको इजाजत प्राप्त छ। २३ जिल्ला स्याङ्जा, मुस्ताङ, मनाङ, गोरखा, म्याग्दी, कास्की, लमजुङ, बाग्लुङ पर्वत, तनहुँ, रोप्ला प्यूठान, गुल्मी, पाल्पा, पूर्व नवलपुर, पश्चिम नवलपुर, अर्घखाँची, सल्यान, दाङ, बर्दिया, बाके, कपिलवस्तु र रुपन्देही गरी ४८ शाखा बिस्तार भएको छ।
Related News
सम्बन्धित समाचार
कृषिमा आत्मनिर्भर बनाउन प्रदेश सरकार क्रियाशील : मुख्यमन्त्री पोखरेल
असार १५ : दहीच्युरा खाएमा औषधिको काम गर्छ
बूढीगण्डकी कम्पनी मोडलमा बनाउने सरकारी निर्णय
छोराद्वारा आमाको हत्या
नेकपा एसका ४ मन्त्री र १ राज्यमन्त्रीले लिए सपथ
hero news full width
मुख्य समाचार
संस्कृत शिक्षाको आकर्षण बढ्दै छ : जगन्नाथ रेग्मी
पुतलीबजार नगरपालिकाको पहिलो निर्णय नै खारेज
असार १६, २०७९एमाले माग्यो गण्डकीका मुख्यमन्त्रीको राजीनामा
असार १५, २०७९लाम्पाटा–दरबाङ सडक आयोजना अलपत्र
असार १५, २०७९जनताको प्राथमिकता सडक नै हुँदो रहेछ : देवीजंग गुरुङ
असार १४, २०७९वामदेव गौतमद्वारा नयाँ पार्टीको घोषणा
असार १४, २०७९