कल्याण शेरचन स्मृति प्रतिष्ठानमा ह्योल्मो

आदर्श समाज सम्वाददाता
पौष ९, २०७५
kalyan serchan_Fotor

पोखरा, ८ पुस। कल्याण शेरचन स्मृति प्रतिष्ठानको अध्यक्षमा पुनः क्याप्टेन पूर्णबहादुर ह्योल्मो चयन भएका छन् ।

प्रतिष्ठानको सातौं वाषिर्क साधारणसभा तथा चौंथो अधिवेशनले  ह्योल्मोको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।

कार्यसमिति प्रथम उपाध्यक्षमा ज्ञानबहादुर थापा, द्वितीय उपाध्यक्षमा श्रीजंग गुरुङ, सचिवमा जीवन दाहाल, सह-सचिवमा प्रेम अधिकारी, कोषाध्यक्षमा प्रदीप गौचन, सह-कोषाध्यक्षमा कमल गुरुङ सर्वसम्मत चयन भए ।

सदस्यमा तेज केसी, इश्वरी राना, धर्मा गुरुङ, बुद्धिसागर खनाल, सीता दुरा र लक्ष्मी नेपाल चयन भए । रिक्त दुर्इ सदस्य पछि थप गर्ने प्रतिष्ठानले जनाएको छ ।

नवनिर्वाचित कार्यसमितिलाई निर्वाचन समिति संयोजक वरिष्ठ लोकगायिका हरिदेवी कोइरालाले शपथ ग्रहण गराएकी थिइन् ।

अध्यक्षमा क्या. ह्योल्मोले कल्याण शेरचन स्मृति प्रतिष्ठानलाई थप क्रियाशील एवं सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरे ।

यसअघि साधारणसभा उद्घाटन गर्दै प्रमुख अतिथि साहित्यकार सरुभक्तले नेपालमा संस्कृतिसम्बन्धी ठोस नीति नभएको गुनासो गरे । ‘कल्याण शेरचन जस्ता स्रष्टाको योगदान संघसंस्था र आफन्तहरुले गरिरहेका छन्,’ उनले भने, ‘सरकारको ध्यानै नभएको आरोप लगाए ।’

कार्यक्रममा कल्याण शेरचन स्मृति प्रतिष्ठानका संरक्षक वरिष्ठ संस्कृतिकर्मी चेतन कार्की, वरिष्ठ लोकगायिका हरिदेवी कोइराला, आजीवन सदस्य गणेश भट्टराईलगायतले शुभकामना व्यक्त गरेका थिए ।

यस्तै, प्रतिष्ठान सचिव श्रीजंग गुरुङले प्रस्तुत गरेको वाषिर्क प्रगति प्रतिवेदन र कोषाध्यक्ष प्रदीप गौचनले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पारित गरिएको थियो।

प्रतिष्ठानका अध्यक्ष क्या.पूर्णबहादुर ह्योल्मोले अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष ज्ञानबहादुर थापा र संचालन सचिव श्रीजंग गुरुङले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • पोखरामा मनाइयो अपांगता दिवस

    आदर्श समाज सम्वाददाता मंसिर १८, २०८०
    पोखरा । ‘दिगो विकास लक्ष्य प्राप्तिको प्रतिबद्धता अपांगता भएका व्यक्तिको अपनत्व र नेतृत्व सहितको ऐक्यबद्धता’ भन्ने नारासहित यस वर्षको अपांगता…
  • ‘लोकतन्त्रविरोधी आन्दोलनको भविष्य छैन’

    आदर्श समाज सम्वाददाता मंसिर १८, २०८०
    पोखरा । लोकतन्त्रविरोधी आन्दोलनको भविष्य नभएको शनिबार पोखरामा आयोजित एक कार्यक्रमका वक्ताले जोड दिए । ७५ औं अन्तर्राष्ट्रिय मानव अधिकार…
  • प्राडा रामचन्द्रलाई नाट्यचार्य सम्मान

    आदर्श समाज सम्वाददाता मंसिर १८, २०८०
    पोखरा । नेपाल नाट्यअनुष्ठान पोखराका अध्यक्ष प्राडा रामचन्द्र पोखरेललाई नाट्यचार्य सम्मान प्राप्त भएको छ । असमेली नेपाली नाट्यसम्मेलन सन् २०२३…
  • पोखरा १३ मा यौन तथा प्रजनन् स्वास्थ्य शिविर

    आदर्श समाज सम्वाददाता मंसिर १८, २०८०
    पोखरा । पोखरा महानगरपालिका वडा नं. १३ सहरी स्वास्थ्य केन्द्र कुँडहरको आयोजनामा यौन तथा प्रजनन् स्वास्थ्य शिविर सम्पन्न भएको छ…
  • लामा फाउन्डेसनका अमृतद्वारा शैक्षिक सामग्री र पोसाक वितरण

    आदर्श समाज सम्वाददाता मंसिर १७, २०८०
    पोखरा । लामा अमृत फाउन्डेसन घान्द्रुकका संस्थापक अमृत गुुरुङले घान्द्रुकका ३ विद्यालयमा शैक्षिक सामग्री र पोसाक वितरण गरेका छन् ।…

hero news full width