पोखरा, ८ पुस।मानव मिलन नारी जागरण नेपालको आठौ वाषिर्क साधारण सभा सम्पन्न भएको छ ।
ब्राहृमण समाज नेपालका सस्थापक केन्द्रीय अध्यक्ष प्राध्यापक डाक्टर नारायणप्रसाद अधिकारीले कार्यक्रमको उद्घाटनको उद्घाटन गर्दै नारी शक्तिसँग अथाह शक्ति भएको हुँदा शक्तिलाई विकास निर्माण र सामाजिक कार्यमा लाग्न आग्रह गरे । उनले मानव मिलन नारी जागरण नेपालले गरेको कार्यको खुलेर प्रशंसा गरे ।
कार्यक्रममा अतिथि नेपाल कम्युनिष्ट पार्टीका सचेतक, संसदीय सभाका सदस्य शान्ता चौधरीले इच्छाशक्ति भयो भने महिलाहरुले पनि जस्तोसुकै कार्य गर्न सक्ने बताइन्। उनले आफ्नो जीवनका हरेका संघर्ष सिकाई भएको बताइन् ।
कार्यक्रममा नेपाली काँग्रेसकी नेतृ सरस्वती गुरुङले संघर्षले जीवनमा सिकाइ र अनुभवी बनाउने बताइन्। मानव मिलन संस्था सामाजिक क्षेत्रमा अनुभवी भएर परिचित भईसकेको नेतृ गुरुङको भनाई थियो ।
कार्यक्रममा ब्रोडकाष्टिङ एशोसियसन अफ नेपाल (बान) का केन्द्रीय महासचिव दुर्गा अधिकारीले मानव मिलन संस्था समाजमा सामाजिक संस्थाको रुपमा स्थापित भएर स्वास्थ्य, शिक्षा र सेवालाई प्राथमिकतामा राखेर उपलव्धीमुलक कार्य गरेको भन्दै प्रंसशा गरिन् ।
सो अवसरमा पोखरा उद्योग वाणिज्य संघको उपमहासचिवमा निर्वाचित भएकोमा वरिष्ठ व्युटिसियन चिनु गुरुङलाई सम्मानसमेत गरिएको थियो।
सो अवसरमा सम्मानित व्यक्तित्व गुरुङले मानव मिलन संस्थालाई अगाडि बढाउन आफ्नो सधै साथ रहने प्रतिवद्धता व्यक्त गरिन्। संस्थाका निवर्तमान अध्यक्ष पार्वती पौडेलले सस्थालाई अझै सशक्त ढंगले बढाउन आफ्नो सधै साथ रहने बताइन् ।
संस्थाका अध्यक्ष सविता बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नारी परोपकार केन्द्रका अध्यक्ष शारदा गिरी, सल्लाहकार तथा आदर्श समाज राष्ट्रिय दैनिकका व्यवस्थापक दुर्गादेवी बाँस्तोलालगायतले बोलेका थिए ।
संस्थाका आजीवन सदस्य प्रभा गौतमले स्वागत मन्तव्य राखेको कार्यक्रम उपाध्यक्ष कमला गिरीले संचालन गरेकी थिइन् । साधारणसभामा कोषाध्यक्ष देवी बराल र सचिव मेनुका पोख्ररेलले प्रतिवेदन पेश गर्नुभएको थियो ।
Related News
सम्बन्धित समाचार
१९ औं लेखनाथ महोत्सवमा ९० लाख आम्दानी लक्ष्य
व्यापार मेलामा ज्येष्ठ नागरिकलाई निशुल्क प्रवेश
फिल्ड जाने कर्मचारी छैनन्, लक्ष्य भने ८० प्रतिशत
राजनीति र आन्तरिक द्वन्द्वले सहकारी बदनाम : मन्त्री जिसी
औद्योगिक व्यापार मेला महिला : उद्यमशीलता तथा हस्तकला प्रवद्र्धनको विशेष व्यवस्था
hero news full width
मुख्य समाचार
टुक्रे योजना र जनशक्ति अभाव, लक्ष्य भने ८० प्रतिशत
प्रतिभाले उचाल्यो १६ औं हिसान कास्की स्पोर्ट्स मिटको उपाधि
मंसिर १७, २०८०एउटा राजा फालेर सयौं राजा ल्यायो भन्नेले राजनीति बुझेकै छैन : मुख्यमन्त्री पाण्डे
मंसिर १७, २०८०बढ्दै छन् कुष्ठरोग प्रभावित
मंसिर १७, २०८०फिर्केमा डोजर चलाउन अदालतले रोक्यो : अन्तिम आदेश कुर्दै महानगर
मंसिर १७, २०८०बढ्दैछन् कुष्टरोग प्रभावित
मंसिर १६, २०८०