मानव मिलन नारी जागरणको आठौं साधारणसभा

आदर्श समाज सम्वाददाता
पौष ९, २०७५
Manav Meelan Kendra

पोखरा, ८ पुस।मानव मिलन नारी जागरण नेपालको आठौ वाषिर्क साधारण सभा सम्पन्न भएको छ ।

ब्राहृमण समाज नेपालका सस्थापक केन्द्रीय अध्यक्ष प्राध्यापक डाक्टर नारायणप्रसाद अधिकारीले कार्यक्रमको उद्घाटनको उद्घाटन गर्दै नारी शक्तिसँग अथाह शक्ति भएको हुँदा शक्तिलाई विकास निर्माण र सामाजिक कार्यमा लाग्न आग्रह गरे । उनले मानव मिलन नारी जागरण नेपालले गरेको कार्यको खुलेर प्रशंसा गरे ।

कार्यक्रममा अतिथि नेपाल कम्युनिष्ट पार्टीका सचेतक, संसदीय सभाका सदस्य शान्ता चौधरीले इच्छाशक्ति भयो भने महिलाहरुले पनि जस्तोसुकै कार्य गर्न सक्ने बताइन्। उनले आफ्नो जीवनका हरेका संघर्ष सिकाई भएको बताइन् ।

कार्यक्रममा नेपाली काँग्रेसकी नेतृ सरस्वती गुरुङले संघर्षले जीवनमा सिकाइ र अनुभवी बनाउने बताइन्। मानव मिलन संस्था सामाजिक क्षेत्रमा अनुभवी भएर परिचित भईसकेको नेतृ गुरुङको भनाई थियो ।

कार्यक्रममा ब्रोडकाष्टिङ एशोसियसन अफ नेपाल (बान) का केन्द्रीय महासचिव दुर्गा अधिकारीले मानव मिलन संस्था समाजमा सामाजिक संस्थाको रुपमा स्थापित भएर स्वास्थ्य, शिक्षा र सेवालाई प्राथमिकतामा राखेर उपलव्धीमुलक कार्य गरेको भन्दै प्रंसशा गरिन् ।

सो अवसरमा पोखरा उद्योग वाणिज्य संघको उपमहासचिवमा निर्वाचित भएकोमा वरिष्ठ व्युटिसियन चिनु गुरुङलाई सम्मानसमेत गरिएको थियो।

सो अवसरमा सम्मानित व्यक्तित्व गुरुङले मानव मिलन संस्थालाई अगाडि बढाउन आफ्नो सधै साथ रहने प्रतिवद्धता व्यक्त गरिन्। संस्थाका निवर्तमान अध्यक्ष पार्वती पौडेलले सस्थालाई अझै सशक्त ढंगले बढाउन आफ्नो सधै साथ रहने बताइन् ।

संस्थाका अध्यक्ष सविता बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नारी परोपकार केन्द्रका अध्यक्ष शारदा गिरी, सल्लाहकार तथा आदर्श समाज राष्ट्रिय दैनिकका व्यवस्थापक दुर्गादेवी बाँस्तोलालगायतले बोलेका थिए ।

संस्थाका आजीवन सदस्य प्रभा गौतमले स्वागत मन्तव्य राखेको कार्यक्रम उपाध्यक्ष कमला गिरीले संचालन गरेकी थिइन् ।  साधारणसभामा कोषाध्यक्ष देवी बराल र सचिव मेनुका पोख्ररेलले प्रतिवेदन पेश गर्नुभएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width