आइर्एमई इन्सुरेन्सबाट मृत्यूदाबी रकम हस्तान्तरण

आदर्श समाज सम्वाददाता
पौष ९, २०७५

पोखरा, ८ पुस ।  आइर्एमई लाइफ इन्सुरेन्स कम्पनीले कास्कीको अन्नपूर्ण गाउँपालिक वडा नं. ८ का हिमलाल गर्बुजाको परिवारलाई मृत्यूदाबी वापतको रकम एक कार्यक्रमबीच हस्तान्तरण गरेको छ ।

कम्पनीका पोखरा शाखा प्रमुख किरणराज लामिछानेले गर्वुजाका छोरा ओस्कार गर्वुजालाई मृत्यूदाबी वापतको दुर्इ लाख रुपैयाको चेक हस्तान्तरण गरेका हुन् ।

गत बर्ष साधारण बचत तथा ऋण सहकारीमार्फत गर्वुजाको दुर्इ लाख रुपैयाँको जीवन बीमा गरिएको थियो । गर्वुजनाले बीमाको प्रथम शुल्क वापत दश हजार नौ सय चार रुपैया भुक्तान गरेका थिए ।

बीमा गरेको एक बर्षपछि नै गर्वुजाको मृत्यू भएपछि उनको परिवारलाई आइर्एमई लाइफ इन्सुरेन्स कम्पनीले मृत्यूदाबीबापतको रकम हस्तान्तरण गरेको हो । कार्यक्रममा बीमा कम्पनीका पोखरा शाखा प्रमुख किरणराज लामिछानेले अहिले विमाङ्कबापतको रकम भुक्तान गरिएको बताउँदै, लाभांश रकमपछि उपलब्ध गराइने बताए ।

आइर्एमई लाइफ इन्सुरेन्स पोखरा शाखाका सहायक प्रमुख कृष्ण पौडेलले गर्बुजाको निधनमा दुःख व्यक्त गर्दै, परिवारको सदस्य गुमाउनुको पीडामा मृत्यूदाबी रकमले अलिकति भएपनि राहत महसुस गराउने बताए । कार्यक्रममा ससरधारा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रुद्र गुरुङ, आइर्एमई लाइफ इन्सुरेन्सका वरिष्ठ एजेन्सी म्यानेजर विमल भण्डारी, एजेन्सी म्यानेजर बिकल शेरच लगायतले जीवन बीमाको महत्वबारे बोलेका थिए ।

Related News

सम्बन्धित समाचार

  • पोखरा उद्योग वाणिज्य संघमा गोकर्ण निर्वाचित

    आदर्श समाज सम्वाददाता भाद्र ३०, २०८१
    पोखरा। पोखरा उद्योग वाणिज्य संघको ३५ औं महाधिवेशनबाट गोकर्ण कार्की निर्वाचित भएका छन् । उनले अध्यक्षका प्रत्यासी अर्जुन पोखरेललाई पराजित…
  • सुजल डेरी र सेलवेजलाई अवार्ड

    आदर्श समाज सम्वाददाता भाद्र २९, २०८१
    पोखरा । पोखरा उद्योग वाणिज्य संघले लक्ष्मी ग्रुपअन्तर्गत सुजल डेरी प्रालि र सेलवेज डिपार्टमेन्टल स्टोर गरी २ संस्थालाई सर्वोत्कृष्ट व्यवसायी…
  • पोखरामा अमोडा ई५ डिलक्स र जेको जे६ लन्च

    आदर्श समाज सम्वाददाता भाद्र २८, २०८१
    पोखरा । पोखरामा शुक्रबार अमोडा ई५ डिलक्स र अफरोडर एसयूभी जेको जे६ सार्वजनिक गरिएको छ । पोखराका लागि ओमोडा र…
  • बागलुङ उवा संघको टोलीलाई स्वागत

    आदर्श समाज सम्वाददाता भाद्र २७, २०८१
    लेखनाथ । विभिन्न जिल्ला तथा नगर उद्योग वाणिज्य संघको अध्ययन अवलोकन भ्रमणको क्रममा निस्केकोे बागलुङ उद्योग वाणिज्य संघको भ्रमण टोलीलाई…
  • तीजमा सफल सादा दही

    आदर्श समाज सम्वाददाता भाद्र २०, २०८१
    पोखरा । हरितालिका तीज अवसरमा सुजल डेरी प्रालिले ‘सफल दही, एकदम सही’ नाराका साथ सफल सादा दही (सुगर फ्रि) बजारमा…

hero news full width