पोखरा, ८ पुस । आइर्एमई लाइफ इन्सुरेन्स कम्पनीले कास्कीको अन्नपूर्ण गाउँपालिक वडा नं. ८ का हिमलाल गर्बुजाको परिवारलाई मृत्यूदाबी वापतको रकम एक कार्यक्रमबीच हस्तान्तरण गरेको छ ।
कम्पनीका पोखरा शाखा प्रमुख किरणराज लामिछानेले गर्वुजाका छोरा ओस्कार गर्वुजालाई मृत्यूदाबी वापतको दुर्इ लाख रुपैयाको चेक हस्तान्तरण गरेका हुन् ।
गत बर्ष साधारण बचत तथा ऋण सहकारीमार्फत गर्वुजाको दुर्इ लाख रुपैयाँको जीवन बीमा गरिएको थियो । गर्वुजनाले बीमाको प्रथम शुल्क वापत दश हजार नौ सय चार रुपैया भुक्तान गरेका थिए ।
बीमा गरेको एक बर्षपछि नै गर्वुजाको मृत्यू भएपछि उनको परिवारलाई आइर्एमई लाइफ इन्सुरेन्स कम्पनीले मृत्यूदाबीबापतको रकम हस्तान्तरण गरेको हो । कार्यक्रममा बीमा कम्पनीका पोखरा शाखा प्रमुख किरणराज लामिछानेले अहिले विमाङ्कबापतको रकम भुक्तान गरिएको बताउँदै, लाभांश रकमपछि उपलब्ध गराइने बताए ।
आइर्एमई लाइफ इन्सुरेन्स पोखरा शाखाका सहायक प्रमुख कृष्ण पौडेलले गर्बुजाको निधनमा दुःख व्यक्त गर्दै, परिवारको सदस्य गुमाउनुको पीडामा मृत्यूदाबी रकमले अलिकति भएपनि राहत महसुस गराउने बताए । कार्यक्रममा ससरधारा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रुद्र गुरुङ, आइर्एमई लाइफ इन्सुरेन्सका वरिष्ठ एजेन्सी म्यानेजर विमल भण्डारी, एजेन्सी म्यानेजर बिकल शेरच लगायतले जीवन बीमाको महत्वबारे बोलेका थिए ।
Related News
सम्बन्धित समाचार
सुजल फुड्सको ‘चोकोफन जोय’ बजारमा
लगानी सम्मेलनको दुईदिने कार्यतालिका सार्वजनिक
निर्माण व्यवसायी संघ कास्कीमा लिलकाजी
आलु महोत्सवमा पशुबाली स्वास्थ्य शिविर
आलु महोत्सवमा दर्शक सहभागिता बढ्दो
hero news full width
मुख्य समाचार
चुमानलाई अर्थ, मनाङेलाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मा
हेमराज पहारी स्मृति पुरस्कारबाट सरुभक्त पुरस्कृत
वैशाख ७, २०८१गण्डकी प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित
वैशाख ७, २०८१चोटिलो बन्दै गण्डकीको संसदीय राजनीति
वैशाख ७, २०८१पुरानो पोखरा जोगाउन पहल: मेयर आचार्य
वैशाख ६, २०८१सुदुरपश्चिममा सोडारी मुख्यमन्त्री नियुक्त
वैशाख ६, २०८१