पोखरा, ८ पुस। पोखरा-८, सिर्जनाचोकस्थित फेवा बहुउद्देश्यीय बचत तथा ऋण सहकारी संस्था लि. १९ औं बर्षपुरा गरि २० औं बर्षमा प्रबेश गरेको छ ।
उक्तअबसरमा सहकारीले बिबिध कार्यक्रमको आयोजना गरि सहकारी कार्यालयको वरपर, सृजनाचोक हुदै सभागृह चोकसम्म सरसफाई गरेको छ ।
प्रमुख अतिथि एवं पोखरा महानगरपालिकाका प्रबक्ता एवं वडा नं ५ का वडा अध्यक्ष धनबहादुर नेपालीले क्लिनिङ स्िटकर र डोको हस्तान्तरण गर्दै सरसफाइको उद्घाटन गरे ।
कार्यक्रममा बोल्दै नेपालीले फेवा बहुउद्देश्यीय बचत तथा ऋण सहकारी संस्थाले २० औं वाषिर्कोत्सवको अबसरमा सरसफाई कार्यक्रम गरी जनचेतना जगाउने काम गरेको बताए । उनले भने, ‘अब, हाम्रो पर्खाइ भनेको सबैमा चेतना जगाएर यस्ता सरसफाई कार्यक्रम नै गर्नु नपर्ने दिनको पर्खाइमा छौं ।’
सरसफाई कार्यक्रममा सहकारीका कार्यसमिति पदाधिकारी तथा सदस्यहरु, शेयर सदस्यहरु र कर्मचारीलगायतको सहभागिता थियो । सरसफाई कार्यक्रममा सहकारी कार्यालय वरपर, सृजनाचोक, हुँदै सभागृहचोकसम्मको दुबै किनारमा सरसफाई गरिएको थियो ।
फेवा सहकारीले आफ्ना सदस्यहरूको थप सुबिधाको लागि आजैबाट एसएमएस क्ःक् बैकिङ सेवासमेत संचालन गरेको संस्थाका उपाध्यक्ष सम्मरबहादुर श्रेष्ठले बताए । सहकारीका प्रबन्ध निर्देशक हरिभक्त पौडेलले सहकारीको हालसम्मको कारोबार र गतिविधिबारे प्रकाश पारेका थिए ।
सरसफाई कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष एवं सल्लाहकार नारायणप्रसाद भट्टराई, पूर्व सदस्य झलकबहादुर गुरूङलगायतका बक्ताहरुले आफ्नो धारणा राखेका थिए ।
संस्थाका अध्यक्ष चन्द्रबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा एसएमएस बैकिङ सेवा संचालनका संयोजक सम्मरबहादुर श्रेष्ठले स्वागत मन्तव्य, संस्थाकी सेयर सदस्य तिलु गुरुङले सहकारीका सात सिद्धान्त वाचन र सहायक व्यवस्थापक जगननाथ तिमिल्सिनाले कार्यक्रम संचालन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
सुजल फुड्सको ‘चोकोफन जोय’ बजारमा
लगानी सम्मेलनको दुईदिने कार्यतालिका सार्वजनिक
निर्माण व्यवसायी संघ कास्कीमा लिलकाजी
आलु महोत्सवमा पशुबाली स्वास्थ्य शिविर
आलु महोत्सवमा दर्शक सहभागिता बढ्दो
hero news full width
मुख्य समाचार
चुमानलाई अर्थ, मनाङेलाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मा
हेमराज पहारी स्मृति पुरस्कारबाट सरुभक्त पुरस्कृत
वैशाख ७, २०८१गण्डकी प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित
वैशाख ७, २०८१चोटिलो बन्दै गण्डकीको संसदीय राजनीति
वैशाख ७, २०८१पुरानो पोखरा जोगाउन पहल: मेयर आचार्य
वैशाख ६, २०८१सुदुरपश्चिममा सोडारी मुख्यमन्त्री नियुक्त
वैशाख ६, २०८१