१५ औं लेखनाथ महोत्सव शुरु

आर्थिक रूपान्तरणमा विकास : अर्थमन्त्री

आदर्श समाज सम्वाददाता
पौष ६, २०७५
yubraj khatiwa 2_Fotor

लेखनाथ, ५ पुस। अर्थमन्त्री डा युवराज खतिवडाले आर्थिक रुपान्तरणबाट मात्र देश विकास सम्भव हुने बताएका छन् ।

‘महोत्सव लेखनाथको संस्कृति : स्थानीय उत्पादन, विकास र समृद्धि’ नाराका साथ आयोजित १५ औं संस्करणको लेखनाथ महोत्सव विहीवार उद्घाटन गर्दै अर्थमन्त्री डा खतिवडाले सो कुरा बताएका हुन् ।

राष्ट्रिय अर्थतन्त्र बलियो बनाएर गरिने विकास निर्माणका काम फलदायी र प्रभावकारी हुने भएकाले सरकार विकास निर्माणसँगै आर्थिक रुपान्तरणका योजना लिएर अगाडि बढेको उनले जानकारी दिए ।

युवालाई उत्पादनसँग जोडेर स्वदेशमा नै रोजगारीका अवसर सृजना गर्न सरकार वैदेशिक रोजगारबाट फर्किएका युवा, उद्यमी महिला, शैक्षिक प्रमाणपत्र आधारमा सरल कर्जाको ऋण प्रवाह, सीप र नयाँ नयाँ प्रविधिको विकास लगायत कार्यक्रममार्फत अगाडि बनेको जानकारी गराउँदै उनले महोत्सवले आयातित वस्तुलाई कम र स्थानीय उत्पादनलाई बढी प्रथामिकता दिनुपर्ने सुझाव दिए ।

‘देश निर्माणको मेरुदण्ड अर्थतन्त्र भएकाले अर्थतन्त्र बलियो बनाउन पर्यटन विकास महत्वपूर्ण पक्ष हो,’ उनले भने, ‘त्यसैले सरकार अबको १० वर्षमा ५० लाख पर्यटक भित्राउने योजना सहित अगाडि बढेको छ।’

‘जुन लक्ष्य सरकारको छ, त्यसमा पर्यटकले उपभोग गर्ने वस्तु तथा सेवाले एक पर्यटक बराबर दुर्इ जनाले रोजगार पाउन सक्ने हाम्रो अनुमान छ,’ उनको भनाइ थियो ।

पोखरा क्षेत्रीय विमानस्थल र लुम्बिनी विमानस्थल निर्माण तीव्र्रताका साथ अगाडि बढेको जानकारी गराउँदै निर्धारित समयमा नै निर्माण सम्पन्न भएपछि पर्यटन आगमनमा वृद्धि हुनेमा सरकार विश्वस्त रहेको बताए।

आर्थिक क्रियाकलाप बढ्दै जाँदा देशको अर्थतन्त्र पनि उच्च आर्थिक वृद्धितर्फ अग्रसर भएको बताउँदै अर्थमन्त्री खतिवडाले केही क्षेत्रमा अल्पकालीन समस्या देखिए पनि सुधारोन्मुख अवस्थामा रहेको र केही समयमा परिपूर्ण हुने विश्वास दिलाए ।

उद्घाटन समारोहमा पूर्व स्वास्थ्य मन्त्री एवं प्रतिनिधिसभा सदस्य खगराज अधिकारी, नेपाल उद्योग वाणिज्य संघका उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मी लगायतले यसप्रकारका मेला महोत्सवले आर्थिक, सामाजिक, कृषि र पर्यटनको विकासमा टेवा पुर्‍याउने धारणा राखे। महोत्सव आयोजक लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णहरि भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा महासचिव भरतकुमार अधिकारीले संचालन र प्रथम उपाध्यक्ष बलराम ढकालले धन्यवाद ज्ञापन गरेका थिए।

महोत्सवमा विभिन्न प्रकारका करिब तीन सय ५० वटा स्टल राखिएका छन् । आगामी पुस १६ गतेसम्म संचालन हुने महोत्सव करिब ३ लाख दर्शकले अवलोकन गर्ने आयोजकको अपेक्षा छ । महोत्सवमा झण्डै २० करोड बराबरको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ।

सुन्तला महोत्सवबाट शुरु लेखनाथ महोत्सवले यस वर्ष फरक र भिन्नशैलीबाट गण्डकी प्रदेशको आर्थिक, सामाजिक, कृषि र पर्यटन विकासमा टेवा पु‍र्‍याउँदै एउटै थलोमा उत्पादकदेखि उपभोक्तासम्म जमघट गराउने र उत्पादकत्व वृद्धि गर्दै बजारीकरणमा सहयोग पुग्ने उद्देश्य राखिएको आयोजकले जनाएको छ ।

महोत्सवमा कृषि, औद्योगिक उत्पादन, शैक्षिक प्रदर्शनी, सूचना प्रविधि, फुड एण्ड वेभरेज, घरेलु हस्तकला, बैंक तथा वित्तीय संस्था लगायका स्टल छन् ।

यसैबीच, महोत्सव उद्घाटन पूर्व एकता र सद्भावको सन्देश दिन विभिन्न जातजातिका संस्कृति झल्कने गरी झाँकी र्‍याली समेत प्रदर्शन गरिएको थियो।

महोत्सवबाट बचत रकमले कृषि उपज खरिद बिक्री केन्द्र निर्माण गर्ने, प्रदर्शनीस्थल स्तरोन्नति र अन्य सामाजिक क्षेत्रका कामलाई खर्च गर्ने बताइएको छ।

Related News

सम्बन्धित समाचार

  • प्रेमील गजलकारको भावपूर्ण बिदाइ

    आदर्श समाज सम्वाददाता वैशाख ५, २०८१
    पोखरा। ‘साँझमा दीयो बालिराख्यौ को आउँदै छ आज ? हातका औँला चालिराख्यौ को आउँदै आज ? हिजो अस्ति उक्किएका घरका…
  • मिस नेपालको पोखरा अडिसन आज

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । मिस नेपालको पोखरा अडिसन मंगलबारदेखि सुरु हुने भएको छ । द हिडन ट्रेजरले हरेक वर्ष आयोजना गर्दै आएको…
  • वेद विद्याश्रममा छन्दोबद्ध कविता प्रतियोगिता

    आदर्श समाज सम्वाददाता चैत्र ३०, २०८०
    पोखरा । पोखरा चिसाखोला वेद विद्याश्रमले रजत महोत्सव सन्दर्भमा प्रदेशव्यापी खुला छन्दोबद्ध कविता प्रतियोगिता भएको छ । प्रतियोगितामा संगम बस्याल…
  • मदरल्याण्डका शाश्वत निबन्धमा प्रथम

    आदर्श समाज सम्वाददाता चैत्र १९, २०८०
    पोखरा । को–अपरेटिभ प्रेसिडेन्ट सोसाइटी (कोप्स सेन्टर) आयोजनामा भएको निबन्ध प्रतियोगितामा मदरल्याण्ड माविका छात्र शाश्वत रेग्मी प्रथम भएका छन् ।…
  • सरसफाइ विज्ञ भूमिको पुस्तक विमोचन   

    आदर्श समाज सम्वाददाता चैत्र १८, २०८०
    दमौली ।  सरसफाइ विज्ञ नमस्तेलाल भूमिबारेमा लिखित ‘नमस्तेलाल देशभित्र, देशबाहिर’ पुस्तकको आज विमोचन गरिएको छ । तनहुँको बन्दीपुर गाउँपालिका निवासी…

hero news full width