प्रथम मेयर रनिङ कप पुरुष भलिबल

आदर्श समाज सम्वाददाता
पौष ६, २०७५

वालिङ, ५ पुस। प्रथम मेयर रनिङ कप वालिङ नगरस्तरीय अन्तरवडा पुरुष भलिबल प्रतियोगिता विहीवारबाट वालिङमा शुरु भयो ।

वालिङ नगर खेलकुद विकास समितिको आयोजनामा भएको भलिबल प्रतियोगिताको उद्घाटन गर्दै वालिङ नगरपालिकाका नगर प्रमुख दिलीपप्रताप खाँणले राष्ट्रका लागि खेल, स्वास्थ्यका लागि खेल मात्रै नभएर समाजका लागि समेत खेलको महत्व रहेको बताए।

उनले यस प्रतियोगितामार्फत वालिङ नगरभित्र रहेका खेलाडीहरुले आफ्नो प्रतिभा प्रस्तुत गर्न पाउने भएकाले पनि खेलाडी तथा खेल क्षेत्रको विकासमा टेवा पुग्ने विश्वास ब्यक्त गरे।

नगरभित्रका १४ वटा वडाको सहभागिता रहेको उक्त प्रतियोगिता पुस ७ गते समापन हुने छ। नगर खेलुकद विकास समितिका सभापति एलबी ज्वारचनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत समितिका सदस्य ताराबहादुर गुरुङ शम्शेरले र सञ्चालन समिति सदस्य भीमप्रसाद पंगेनीले गरेका थिए।

Related News

सम्बन्धित समाचार

  • प्रदेश खेलकुद परिषदद्वारा सल्लाहकारलाई मनोनयनपत्र हस्तान्तरण

    आदर्श समाज सम्वाददाता असाेज १५, २०७९
    पोखरा, १५ असोज । प्रदेश खेलकुद परिषद् गण्डकीले नवनियुक्त सल्लाहकारलाई शुक्रबार मनोनयनपत्र हस्तान्तरण गरेको छ । गत भदौ ८ मा परिषद्…
  • वीरेठाँटीमा तेक्वान्दो प्रशिक्षण

    आदर्श समाज सम्वाददाता असाेज ११, २०७९
    हेमजा । अन्नपूर्ण गाउँपालिका ८ स्थित वीरेठाँटी माविमा तेक्वान्दो तालिम सुरु गरिएको छ । विश्व तेक्वान्दो संघको सहयोगमा १ वर्षसम्म…
  • शुक्ललाई गल्फ उपाधि

    आदर्श समाज सम्वाददाता असाेज १०, २०७९
    पोखरा । नवौं राष्ट्रिय खेलकुदमा ४ पुरुष र ३ महिला गल्फर प्रशिक्षणमा व्यस्त रहँदा प्रतिस्पर्धात्मक खेल खेल्दै पाका गल्फरले उनीहरुलाई…
  • तेक्वान्दोको प्रशिक्षण भवन शिलान्यास

    आदर्श समाज सम्वाददाता असाेज ९, २०७९
    पोखरा । कास्की जिल्ला तेक्वान्दो संघले सुविधासम्पन्न प्रशिक्षण भवन निर्माण गर्ने भएको छ । पोखरा रंगशालाभित्र बन्ने भवनको राष्ट्रिय खेलकुद…
  • माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय तेक्वान्दो सुरु

    आदर्श समाज सम्वाददाता असाेज ७, २०७९
    पोखरा । पोखरामा बिहीबारदेखि ‘तेस्रो माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला तेक्वान्दो च्याम्पियनसिप २०२२’ जि–२ ¥याकिङ तथा ‘प्रथम जिसिएस माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय…

hero news full width