कुपोषण व्यवस्थापन तालिम शुरु

आदर्श समाज सम्वाददाता
पौष ६, २०७५

पोखरा, ५ पुस। गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालय जनस्वास्थ्य शाखाको आयोजनामा शीघ्र कुपोषणको एकीकृत व्यवस्थापनसम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम बिहीबार शुरु भएको छ।

पुस ९ गतेसम्म चल्ने तालिममा २५ जनाको सहभागिता रहेको जनस्वास्थ्य निरीक्षक मोहदत्त ढकालले जानकारी दिए।

तालिम उद्घाटन गर्दै सामाजिक विकास मन्त्री नरदेवी पुनले मुलुकको विकास र समृद्धिका लागि पोषण अवस्थामा सुधार ल्याउनु पर्ने बताइन्। उनले समृद्ध नेपाल, सुखि नेपालीको राष्ट्रिय नारालाई साकार पार्न सबैले आ/आफ्नो ठाउँबाट सहयोग गर्नु पर्नेमा जोड दिइन्।

मन्त्रालयका सचिव गोपालप्रसाद अर्यालले प्रदेशअन्तर्गत सबै स्वास्थ्य केन्द्रले कुपोषण न्यूनिकरणलाई प्राथमिकतामा राख्नु पर्नेमा जोड दिए।

कार्यक्रममा पश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालयका निमित्त निर्देशक श्रवणकुमार नायक, वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत प्रकाशराज शर्मा, सुआहाराका प्रशिक्षक केपी लम्साल लगायतले बोेलेका थिए।

गण्डकी प्रदेशमा ५ वर्षमुनिका २९ प्रतिशत बालबालिकामा पुड्कोपना, ६ प्रतिशत बालबालिकामा ख्याउटेपना र १५ प्रतिशत बालबालिका कम तौलबाट ग्रसित छन्।

प्रदेशका २८ प्रतिशत बालबालिका र प्रजनन् उमेरका महिलामा रक्तअल्पता पाइएको छ। नेपालमा ५ बर्षमुनिका ३६ प्रतिशत बालबालिका पुड्कोपना, १० प्रतिशत ख्याउटेपना र ५३ प्रतिशत रक्त अल्पताबाट ग्रसित छन्।

समग्र तथ्यांक तुलना गर्दा गण्डकी प्रदेशमा कुपोषण कम भएको पाइए तापनि विश्वव्यापि मान्यता आधारमा अझै उच्च रहेकोले कुपोषण न्यूनिकरण प्रदेशको प्राथमिकता हुनु पर्नेमा जोड दिइएको छ।

Related News

सम्बन्धित समाचार

  • गौरीशंकरमा रेडक्रस अभिमुखीकरण

    आदर्श समाज सम्वाददाता असाेज १०, २०८०
    पोखरा । पोखरा–२५, हेमजास्थित गौरीशंकर बहुमुखी क्याम्पसमा मंगलबार रेडक्रस अभिमुखीकरण तथा डेंगु सचेतना भएको छ । क्याम्पसस्थित युवा रेडक्रस सर्कलको…
  • मनिपाल घटनापछि प्रदेशभर ओपिडी सेवा ठप्प

    आदर्श समाज सम्वाददाता असाेज १०, २०८०
    पोखरा । लमजुङको सुन्दरबजार नगरपालिका ६ की ५७ वर्षीय सुकमाया दुराको मनिपाल शिक्षण अस्पतालमा सोमबार उपचारक्रममा मृत्यु भयो । श्वासप्रश्वास…
  • ब्युटीपार्लर एसोसिएसनको संयुक्त सभा

    आदर्श समाज सम्वाददाता असाेज ९, २०८०
    पोखरा । ब्युटीपार्लर एसोसिएसन गण्डकी, कास्की र लेखनाथको आइतबार संयुक्त रुपमा साधारणसभा भयो । आर्थिक समृद्धिका लागि सौदन्र्य पेसा आजको…
  • पोखरामा खटिए नयाँ नगर प्रहरी

    आदर्श समाज सम्वाददाता असाेज ८, २०८०
    पोखरा । पोखरा महानगरपालिकामा नयाँ भर्ना भएका नगर प्रहरी सोमबारदेखि कार्यक्षेत्र प्रवेश गरेका छन् । महानगरले ४८ जना नगर प्रहरीहरु…
  • नौविसे ओख्लेडाँडा टोलमा ठाकुर

    आदर्श समाज सम्वाददाता असाेज ८, २०८०
    लेखनाथ । नौविसे ओख्लेडाँडा टोल विकास संस्था पोखरा–२९ को अध्यक्षमा ठाकुरप्रसाद घिमिरे चयन भए । संस्थाको १३ औं साधारण सभा…

hero news full width