पोखरा, ५ पुस। राष्ट्रिय अपाङ्ग महासंघ गण्डकीले अपाङ्गता भएका व्यक्तिलाई रोजगारी सिर्जना गर्ने विषयमा सरोकारवालासँग अन्तरक्रिया गरेको छ।
सरकारी, गैरसरकारी र निजी क्षेत्रहरुमा अपाङ्गता भएका व्यक्तिहरुलाई पनि रोजगारी दिन र सहज वातावरण सिर्जना गर्न सम्बन्धित निकायका प्रतिनिधिसँग छलफल गरिएको हो।
आन्तरिक राजश्व कार्यालय पोखराका कर अधिकृत विजयराज लामिछानेको अध्यक्षतामा भएको कार्यक्रमबारे राष्ट्रिय अपाङ्ग महासंघ गण्डकीका अध्यक्ष खोमराज शर्मा, संघीय कार्यालयका रोजगारसम्बन्धी परियोजना प्रमुख सागर प्रसाईं र कार्यक्रम संयोजक किरण पौडेलले सहजीकरण गरेका थिए।
कार्यक्रमका सहभागीले रोजगार प्राप्तिमा परेका समस्या समाधानका उपायबारे छलफल गरे। ‘अपाङ्ता भएका व्यक्तिहरुको क्षमता माथी नै रोजगारदाताहरुले विश्वास गर्दैनन्। पहिले निकै जटिल थियो यो अवस्था,’ उनीहरु भन्छन्, ‘अहिले विस्तारै परिवर्तन हुँदैछ। तर पर्याप्त भएको छैन।’
रोजगारदाता संघ संस्थाका प्रतिनिधिहरुले अपाङ्ता भएका व्यक्तिहरुलाई पनि रोजगारीमा अवसर र सहभागिता सुनिश्चित गराउन पहल गर्ने प्रतिबद्धता जनाए। एक सय ५० भन्दा बढी किसिमका अपाङ्ता भएकाहरु आफू सक्षम भएर पनि अपाङ्ता भएकै कारण बेरोजगार छन्।
जसका कारण समाजबाट तिरस्कृत हुने र परिवारले पनि हेयको दृष्टिले हेर्ने गरेको गुनासो उनीहरुको छ।
Related News
सम्बन्धित समाचार
वैदेशिक क्षेत्रका श्रमिक भोलिदेखि सामाजिक सुरक्षामा समेटिँदै
राष्ट्रपति पौडेललाई सामाजिक लोकतन्त्र अध्ययन केन्द्रको बधाई
राष्ट्रपतिलाई प्रजातान्त्रिक विकास समाजले दियो बधाई
रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने सरकारको निर्णय
न्यायिक समितिबीच अनुभव साटासाट
hero news full width
मुख्य समाचार
गोलाप्रथाबाट नवलपुरका अमृत भट्टचन छानिए उद्योग वाणिज्य महासंघ गण्डकीको अध्यक्ष
गण्डकीमा माओवादीले माग्यो मुख्यमन्त्री
चैत्र ७, २०७९‘रेक्स्यु गर्न मुख्यमन्त्रीमात्र जाने हो? प्रहरी पठाउन पाइँदैन’
चैत्र ७, २०७९प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत, पक्षमा १७२ सांसद
चैत्र ६, २०७९उपराष्ट्रपति यादवले लिए पद तथा गोपनीयताको शपथ
चैत्र ६, २०७९माइनस डिग्रीमा माछा उत्पादन
चैत्र ६, २०७९