पोखरा, ५ पुस । पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपले आफ्नो ४५ औं कपोर्रेट डे रक्तदान कार्यक्रम गरी मनाएको छ ।
रक्त संचार केन्द्रको प्राविधिक सहयोगमा भएको सो कार्यक्रममा १ सय १६ यूनिट रगत संक्लन गरिएको जनाइएको छ ।
२०३० सालमा लक्ष्मी मिर्ठाई भण्डारबाट शुभारम्भ गरी विभिन्न भातृसंस्थाबाट सेवा प्रदान गर्दै आएको संस्थाले सामाजिक कार्यहरु शिक्षा, स्वास्थ्य, खेलकुद साथै धार्मिक क्षेत्रमा पनि उत्तिकै योगदान गर्दै आएको छ।
गत वर्ष कपोर्रेट डे अवसरमा विन्ध्यवासिनी मन्दिरमा अशक्त असहायलाई दर्शन गर्न सहजहोस् भन्ने अभ्रि्रायले लिफ्ट बनाउने प्रतिवद्धता व्यक्त गरेबमोजिम हाल लिफ्ट निर्माण अन्तिम चरणमा पुगेको लक्ष्मी ग्रुपका कार्यकारिणी निर्देशक सुनिल श्रेष्ठले जनाए ।
यसैबीच, लक्ष्मी ग्रुपअन्तर्गत भातृसंस्थामा १० देखि १५ वर्ष अनवरत रुपमा योगदान दिने कर्मचारीहरुलाई मायाको चिनोसहित सम्मान गरिएको थियो।
ग्रुपका कार्यकारिणी निर्देशक सुनिल श्रेष्ठले लक्ष्मी ग्रुप आज जुन अवस्थामा छ, सबैको मेहनत र लगनशीलताबाट पुग्न सफल भएको बताउँदै सम्पूर्णप्रति हार्दिक आभार व्यक्त गरे ।
कार्यक्रम लक्ष्मी ग्रुप मानव संसाधन प्रमुख श्याम मल्लले संचालन गरेका थिए।
Related News
सम्बन्धित समाचार
सुनचाँदी व्यवसायी संघमा बुद्धाचार्य
नेप्से परिसूचक बढ्यो
विद्यालयलाई फर्निचर सहयोग
बजेटमा नबुझी माइस पर्यटन
पोखरा महानगरको बजेट ८ अर्ब ७७ करोड ७५ लाख
hero news full width
मुख्य समाचार
अडिएनन् अर्थमन्त्री : सांसदले बाँड्ने बजेट ल्याउन सहमत
तङ्ग्रिँदै मिछुर्लुङ होमस्टे
असार २०, २०७९मालपोत कर घटाउन दबाब
असार २०, २०७९ल्यान्डफिल साइट भरतपोखरीमा नसार्न दबाब
असार २०, २०७९प्रतिष्ठान स्वायत्त नहुँदा काम गर्न गाह्रो भएको छ : पद्मराज ढकाल
असार १९, २०७९ल्यान्डफिल साइट स्थानान्तरण विवाद : नगरसभाबाटै निर्णय सच्याउन माग
असार १९, २०७९