सहाराका विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री

आदर्श समाज सम्वाददाता
पौष ६, २०७५
sahara school help (3)

पोखरा, ५ पुस । पोखराका लक्षित वर्गका ७५ जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ। सहारा आधारभूत विद्यालय पृथ्वीचोकका ७५ जना विद्यार्थीलाई विहीवार स्वीटर, टोपी मोजा, खेलकुद तथा शैक्षिक सामग्री वितरण गरिएको हो । सो अवसरमा छात्रालाई सेनेटरी प्याड वितरण गर्नुका साथै स्वास्थ्य सचेतना जागरण कार्यक्रमसमेत  गरियो।

लक्षित वर्गका विद्यार्थीलाई न्यानो कपडा अभियान-२०७५ को सहयोगमा सामाजिक जागरणका लागि नारी अभियानले उक्त सामग्री वितरण गरेको हो। प्रमुख अतिथि प्रदेश सांसद मीना गुरुङले लक्षित वर्गका विद्यार्थीलाई न्यानो कपडा वितरणमा आफूले पनि सहयोग गर्न पाएकोमा खुसी व्यक्त गरिन्। जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत अनिल शाहीले सरकारले गर्नुपर्ने कार्य अभियान मार्फत गरिएको भन्दै अभियान निरन्तर रुपमा अगाडि बढ्नुपर्नेमा जोड दिए।

अभियन्ता पत्रकार तथा अधिवक्ता सुष्मा पौडेलले अभियानबारे जानकारी दिँदै कोही पनि विद्यार्थी गरीब भएका आधारमा आधारभूत आवश्यकताबाट वञ्चित हुन नहुने बताइन् । उनले सफा खानेपानीको व्यवस्था, शौचालय तथा सेनेटरी प्याड, डष्टविन र साबुन राख्न हरेक विद्यालयलाई अनुरोध गर्दै कपडा संकलन अभियानका सहयोगलाई धन्यवाद दिइन्।कार्यक्रममा विद्यालय प्रअ लोचना अधिकारीले लक्षित वर्गका विद्यार्थी अध्ययन गर्ने विद्यालय भएर पनि सबैको सहयोगमा विद्यालय संचालन भैरहेको बताइन्।

कार्यक्रममा अभियान सदस्य प्रभा जमरकट्टेलले स्वागत तथा सदस्य कान्ता पौडेल अधिकारीले सञ्चालन गरेकी थिइन्। कार्यक्रममा वडा ९ का सदस्य नन्दराम गिरीले वडाको विद्यालयमा सहयोग गरेकोमा आयोजक टिमलाई धन्यवाद दिए । विद्यार्थी पूजा बस्नेतले जाडोमा कठ्याग्रि्रदै स्कूल आउनुपर्ने बाध्यता टरेको भन्दै खुसी व्यक्त गरिन् । गरिब तथा विपन्न वर्गका विद्यार्थी पढ्ने सहारा स्कूलमा हाल २ सय ७२ जना विद्यार्थी पढ्छन्।

Related News

सम्बन्धित समाचार

  • पोखरामा मनाइयो अपांगता दिवस

    आदर्श समाज सम्वाददाता मंसिर १८, २०८०
    पोखरा । ‘दिगो विकास लक्ष्य प्राप्तिको प्रतिबद्धता अपांगता भएका व्यक्तिको अपनत्व र नेतृत्व सहितको ऐक्यबद्धता’ भन्ने नारासहित यस वर्षको अपांगता…
  • ‘लोकतन्त्रविरोधी आन्दोलनको भविष्य छैन’

    आदर्श समाज सम्वाददाता मंसिर १८, २०८०
    पोखरा । लोकतन्त्रविरोधी आन्दोलनको भविष्य नभएको शनिबार पोखरामा आयोजित एक कार्यक्रमका वक्ताले जोड दिए । ७५ औं अन्तर्राष्ट्रिय मानव अधिकार…
  • प्राडा रामचन्द्रलाई नाट्यचार्य सम्मान

    आदर्श समाज सम्वाददाता मंसिर १८, २०८०
    पोखरा । नेपाल नाट्यअनुष्ठान पोखराका अध्यक्ष प्राडा रामचन्द्र पोखरेललाई नाट्यचार्य सम्मान प्राप्त भएको छ । असमेली नेपाली नाट्यसम्मेलन सन् २०२३…
  • पोखरा १३ मा यौन तथा प्रजनन् स्वास्थ्य शिविर

    आदर्श समाज सम्वाददाता मंसिर १८, २०८०
    पोखरा । पोखरा महानगरपालिका वडा नं. १३ सहरी स्वास्थ्य केन्द्र कुँडहरको आयोजनामा यौन तथा प्रजनन् स्वास्थ्य शिविर सम्पन्न भएको छ…
  • लामा फाउन्डेसनका अमृतद्वारा शैक्षिक सामग्री र पोसाक वितरण

    आदर्श समाज सम्वाददाता मंसिर १७, २०८०
    पोखरा । लामा अमृत फाउन्डेसन घान्द्रुकका संस्थापक अमृत गुुरुङले घान्द्रुकका ३ विद्यालयमा शैक्षिक सामग्री र पोसाक वितरण गरेका छन् ।…

hero news full width