एक्याप खारेजी माग गर्दै पुनः तालाबन्दी

Avatar आदर्श समाज सम्वाददाता
पौष ५, २०७५

पोखरा, ४ पुस । आफ्नो क्षेत्रबाट अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) खारेजी माग गर्दै अन्नपूर्ण गाउँपालिकाका युवाले वीरेठाँटी चेकपोष्टमा पुनः तालाबन्दी गरेका छन् ।

बुधबार गाउँपालिकाका ६, ७, ८, ९, १० र ११ नम्बर वडाका युवाले चेकपोष्टमा तालाबन्दी गरेका हुन् ।

नेपालीलाई मनपरी प्रवेश शुल्क लिएको गुनासो गर्दै दुर्इ साताअघि सोही ठाउँमा स्थानीयले तालाबन्दी गरेका थिए । पछि दुर्इपक्षीय वार्तामा सहमति भएको भन्दै ताला खुलेको थियो । तर युवाले सीमित व्यक्तिले गरेको सहमति नमान्ने भन्दै पुनः तालाबन्दी गरेका हुन् ।

स्थानीय अतित गुरुङले संघर्ष समितिका सीमित ब्यक्तिसँग भएको सहमति स्थानीयको हितमा नभएकोले पुनः तालाबन्दी गरिएको बताए । ‘पहिले गाउँले बटुलेर तालाबन्दी गर्ने । खोल्ने बेलामा चाहीँ २ जना मान्छे बसेर सहमति गर्ने,’ उनले भने, ‘यो सहमति हामीलाई मान्य छैन । सबैको अगाडि बसेर यसबारे सार्वजनिक रुपमै छलफल हुनुपर्छ ।’

अर्का स्थानीय विष्णु गुरुङले पनि एक्याप खारेजीको माग सहित तालाबन्दी गरिएको उनले बताए ।

‘एक्यापका कारण स्थानीयलाई निकै सास्ती भएको छ ।

हाम्रो ठाउँबाट पैसा उठाएर हाकिम मोटाउँछन्, गाउँलेलाई केही न केही,’ उनले भने, ‘आफ्नै बारीमा घाँस काट्न पनि पुर्जी लिनुपर्ने ? आफ्ना पाहुना बोलाउँदा पनि एक्यापलाई प्रवेश शुल्क तिर्नुपर्ने ?’

यसअघि एक्यापको विरुद्ध संघर्ष समिति गठन गरेर आन्दोलन भएको थियो । शनिबार वार्तापछि आइतबार खुलेकोमा बुधबार पुनः तालाबन्दी भएको हो ।

हाम्रो सुझाव

सद्भावको पर्व होली

वीरेठाँटीमा फागुपूर्णिमा मेला शुरु

आँगनमै धारा आउँदा गाउँले खुसी

पाइलट सहित दुई घाइते

प्रमुख समाचार

महानगर होर्डिङ बोर्ड हटाउँदै

थप प्रमुख समाचार

महानगर होर्डिङ बोर्ड हटाउँदै

पाइलट सहित दुई घाइते