मिलेनियम पदमार्ग आकर्षक गन्तव्य

आदर्श समाज सम्वाददाता
पौष ५, २०७५
miliuam treek progrem photo

हेमजा, ४ पुस। तनहुँ दुलेगौंडादेखि स्याङ्जा रामबाच्छासम्म करिव ७२ किमी लामो मिलेनियम (सहस्राब्दी) पदमार्ग पर्यटकका लागि आकर्षक गन्तव्यस्थल बन्न सक्ने ठहर गरिएको छ।

मिलेनियम टे्रक व्यवस्थापन समितिको आयोजनामा नेपाल पर्यटन बोर्डको प्रवर्द्धन तथा टानको संरक्षणमा भएको परिचयात्मक पदयात्रा कार्यक्रमका सहभागीले सो ठहर गरेका हुन् ।

पर्यटन बोर्ड पोखराका लेखा प्रमुख गोपाल भण्डारीले पर्यटन व्यवसाय नेपाली अर्थतन्त्रको मूल आधार भएको बताउँदै मिलेनियम टे्रक नेपालको मध्यपहाडी क्षेत्रकै उत्कृष्ट गन्तव्यस्थल भएको बताए।

उनले सो टे्रकअन्तर्गत मुख्यस्थल प्रचारमा जोड दिँदै उक्त पदयात्राले नेपालको ग्रामिण पर्यटनलाई टेवा पुर्‍याउने विश्वास व्यक्त गरे। पर्यटन बोर्डले सो मार्गको स्तरोन्नति विशेष ध्यान दिने बताए ।

तनहुँ उद्योग वाणिज्य संघका प्रतिनिधि रामकुमार वाग्लेले नेपाल पर्यटकीय सम्भावनाको देश भएको चर्चा गर्दै उद्योग वाणिज्य संघले पनि त्यहाँको पर्यटन प्रवर्द्धनका सहयोग पुर्‍याउने जनाए। उनले सो पदमार्गको व्यापक प्रचारप्रसारमा जोड पनि दिए।

सो अवसरमा पदमार्गका द्वितीय उपाध्यक्ष थमनबहादुर आले, पत्रकार बासुदेव पौडेल लगायतले पनि धारणा राखेका थिए। पदमार्गबारे जानकारी दिँदै पदमार्ग व्यवस्थापन समिति महासचिव हर्क गुरुङले सन् २००० मा उक्त मार्गको पहिचान गरिएको बताए। तनहुँ र स्याङ्जाका साविकका २२ गाविस क्षेत्रभित्र रहेको उक्त पदमार्ग ६ रात ७ दिनको प्याकेजअन्तर्गत यात्रा सफल हुने पनि उनले जनाए।

उक्त मार्गअन्तर्गत ढोरमूलकोट, देउती बजै थान, रजस्थल, घडेरी, मिलेनियम गुफा, काल्खु, जलकन्या मन्दिर, पोखरीछाप, कोल्माकोट, भैसेगौँडा, पेल्काचौर, देउपुजे ढुङगा, सिंगारकोट, बूढाकोट, गहते मनकामना, रामबाच्छालगायत स्थान महत्वपूर्ण मानिँदैआएका छन्।

यसैबीच पदयात्रामा निस्केको व्यवस्थापन समिति, पर्यटन बोर्ड पोखराका प्रतिनिधि तथा पत्रकार सम्मिलित टोली चार दिनको यात्रापछि सोमवार पोखरा फर्केको छ।

पदमार्ग व्यवस्थापन समितिका द्वितीय उपाध्यक्ष आलेको अध्यक्षतामा भएको उक्त कार्यक्रम व्यवस्थापन समिति महासचिव गुरुङले संचालन गरेका थिए।

Related News

सम्बन्धित समाचार

  • सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । कृष्ण गण्डकी शालिग्राम पर्यटन प्रतिष्ठान आयोजनामा नेपाल–भारत सिमानाको सुनौलीबाट सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू भएको छ । कालीगण्डकी…
  • प्रदेश सरकार उलटपुलट

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । पछिल्लो राजनीतिक घटनाक्रमले प्रदेश सरकारहरु अस्थिर बनेका छन् । केन्द्रमा सत्तागठबन्धनको समीकरण फेरिँदा त्यसको असरले विगतमा राम्ररी सञ्चालन…
  • दृष्टिविहीनलाई बाटो देखाउँदै गुगल

    धनबहादुर गुरुङ वैशाख ४, २०८१
    पोखरा। ‘सेतो छडीले बाटो देखाउँछ तर ठाउँ चिन्दैन । आफू कुन ठाउँमा छु भनी सोध्न अरुलाई सोध्नुपर्ने बाध्यता थियो ।…
  • रुपाको अस्पताल र स्वास्थ्य बिमा बोर्डबीच सम्झौता

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा । कास्कीको रुपा गाउँपालिले पालिकास्तरीय अस्पताललाई स्वास्थ्य बिमासँग जोडेको छ । सोमबार अस्पताल र बोर्डबीच सम्झौता गरिएको हो ।…
  • युनाइटेडद्वारा शैक्षिक तथा खेल सामग्री वितरण

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । युनाइटेड क्लब पोखराले पोखरा २७ अर्चलेमा रहेको कवि शिरोमणि लेखनाथ आधारभूत विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ ।…

hero news full width