कृषकसँग कृषिमन्त्री कार्यक्रम

आदर्श समाज सम्वाददाता
पौष ५, २०७५

वालिङ, ४ पुस । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय गण्डकी प्रदेशको आयोजना र सुन्तलाबारी सामुदायिक होमस्टेको व्यवस्थापनमा बुधबार सुन्तलाबारीमा अन्तक्रिर्या कार्यक्रम भएको छ।

किसानका समस्याबारे जानकारी लिने, उत्पादन वृद्धि गर्ने, कृषकलाई कृषि पेशामा आत्मनिर्भर बनाउने, कृषकसँगै बसेर आवश्यक नीति निर्माण गरी सहयोग गर्ने मुख्य उद्देश्यले गण्डकी प्रदेशले कृषकसँग कृषिमन्त्री कार्यक्रम सञ्चालन गरेको हो ।

कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापाले गण्डकी प्रदेशले प्रत्येक महिना किसानका खेतबारीमा पुगेर उनीहरुलाई व्यवसायप्रति लाग्न थप प्रेरणा प्रदान गर्ने गरी सो अभियान चालिएको बताए।

मन्त्री थापाले गण्डकी प्रदेश अहिले आवश्यक नीति निर्माणको चरणमा रहेको बताउँदै संघीय प्रदेश र स्थानीय तहसँग सहकार्य गर्दै विकास निर्माणमा लाग्ने उल्लेख गरे।

कार्यक्रममा वालिङ नगरपालिकाका नगर प्रमुख दिलीपप्रताप खाँणले कृषकहरुले उत्पादन गरेका वस्तुको बजारीकरणका लागि नगरपालिकाले देशका विभिन्न शहरमा वालिङ प्रोडक्ट मार्ट नामक कम्पनी स्थापना गर्ने तयारीमा रहेको बताए। उनले नगरपालिकाले बीउ पुँजी प्रदान गर्ने, धितो नभएका किसानका लागि बैंकहरुसँग नगरपालिका जमानी बसेर सहुलियत दरमा ऋण उपलब्ध गराउन सहयोग गर्ने बताए।

स्थानीय व्यावसायिक कृषकले उठाएका समस्या समाधानका लागि स्थानीय सरकारले पहल गर्ने नगर प्रमुख खाँणले बताए।

कार्यक्रममा गण्डकी प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव शरदचन्द्र श्रेष्ठ, वालिङ नगरपालिका ४ का वडाध्यक्ष रनध्वज गुरुङ, सुबेदार खेमराज गुरुङ लगायतले किसानका समस्याकाबारे बोलेका थिए।

सुन्तलाबारी सामुदायिक होमस्टेका अध्यक्ष क्याप्टेन डिलबिक्रम गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन माधव लम्सालले गरेका थिए।

Related News

सम्बन्धित समाचार

  • हाम्रो बहुउद्देश्यीयको रक्तदानमा ४६ युनिट संकलन  

    आदर्श समाज सम्वाददाता वैशाख १३, २०८१
    पोखरा । हाम्रो बहुउद्देश्यीय सहकारी संस्थाको २५ औं वार्षिकोत्सव तथा रजत जयन्तिको अवसरमा बिहीबार रक्तदान कार्यक्रम भएको छ । संस्थाले…
  • शिशुवा सिसाघाट सडक शिलान्यास

    आदर्श समाज सम्वाददाता वैशाख १३, २०८१
    लेखनाथ । पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले शिशुवा सिसाघाट सडक अन्तर्गतको शिशुवा–खुदीखोला पुल खण्डको बिहीबार शिलान्यास गरेका छन् । प्रमुख…
  • मुख्य न्यायाधिवक्ताको कार्यालयले बल्ल सच्यायो विवरण

    आदर्श समाज सम्वाददाता वैशाख १३, २०८१
    पोखरा । गण्डकी प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालयले मुख्य न्यायाधिवक्ता नियुक्तिको १५ दिन पछि मात्र वेबसाइटको विवरण अपडेट गरेको छ ।…
  • कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग

    आदर्श समाज सम्वाददाता वैशाख १३, २०८१
    पोखरा । नेपालको राजकीय भ्रमणमा आएका कतारका अमिर शेख तमिम विन हमाद अल थानी बुधबार स्वदेश फर्किएका छन् । राष्ट्रपति…
  • पुस्तक दिवसमा पुस्तक साटासाट

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवस पोखरामा पुस्तक साटासाट गरी मनाइएको छ । ¥यान्डम रिडर्स सोसाइटीले मंगलबार आयोजना…

hero news full width